काठमाडौँ, १२ कात्तिक । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा सभामुख घिमिरेले व्यस्तताबिच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद् र व्यक्तिगत रूपमा तपाईँको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको संसद्को नियमावलीमा नै राष्ट्र सङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको जानकारी गराउँदै उनले महासचिव गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेर्ने बताए । नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताउँदै सभामुख घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय…
काठमाडौँ, १२ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गर्ने सम्मको कार्यक्रम रहेको छ । गए राती १ बजे नेपाल आई पुगेका महासचिव गुटेरेसले आफ्नो भ्रमणको पहिलो दिनमा नै अर्थात् आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् । थप औपचारिक भेटवार्ता र संवाद सम्पन्न गरे पछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन्, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक…
काठमाडौँ, ११ कार्तिक । नेपाली काँग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । काँग्रेस हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन । ‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र…
काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।
काठमाडौँ, कार्तिक ९ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्दै एउटा ट्विट जारी गरेका छन् । उनले भनेका छन्, 'भनिन्छ- समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५% जति हुन्छन्; अग्रगामी/वैज्ञानिक चेतना भएका मानिस १०-१५% जति हुन्छन्; कुनै प्रस्ट चेतना नभएका ढुलमुल/मध्यवर्ती मानिस ८०% जति हुन्छन्।त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरुद्ध दरो मोर्चा कसेर बहुसङ्ख्यक मध्यवर्ती वा ढुलमुल जनतालाई तिनको भ्रम जालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो;…
काठमाडौँ । मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको सङ्ख्या अत्यधिक बढेको बताइन्छ । पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरु भइसकेका छन् । यही कारण रारा घुम्न आउनेहरूको भीड बढेको छ । रारा ताल जानको…
काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका पुराना, इमानदार तथा जनप्रेमी नेता मेघराज आचार्यको कार्तिक ४ गतेका दिन बिहान १ बजेर ४० मिनेटमा निधन भएको छ । मुटु , पायल्स र प्रोस्टेट रोगबाट पीडित उनी लामो समयदेखिदेखि टीचिग अस्पतालमा भर्ना भएका थिए । नेकपा(माओवादी केन्द्र) का नेता जनार्दन शर्माले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेता आचार्यप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । नेता आचार्यलाई सूचना तथा प्रसारण मन्त्री रेखा शर्मा लगायत अग्रज व्यक्तित्व तथा परिवारजनबाट श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले दिवङ्गत नेता आचार्यको मृत्यु पहाड भन्दा पनि गर्हुंगो भएको बताए…
काठमाडौँ, ४ कार्तिक । एक सय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिला पुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । बर्मामा दोस्रो विश्वयुद्ध लडेका वीर सिपाही दोलखाका एक सय एक वर्षीय शताब्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बङ्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई बर्सिया इन्द्रमाया पौडेलसम्मको जीवन सङ्घर्ष समेटिएको पुस्तक विमोचन भएको हो । पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरू जो एक सय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरूको कथा व्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताब्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका…