Sindhul Dainik

समाचार

सभामुख घिमिरे र राष्ट्रसङ्घीय महासचिव गुटेरेसबीच भेटवार्ता

सभामुख घिमिरे र राष्ट्रसङ्घीय महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ, १२ कात्तिक । नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा  सभामुख घिमिरेले   व्यस्तताबिच नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै नेपाली जनता, नेपालको संसद् र व्यक्तिगत रूपमा तपाईँको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको संसद्को नियमावलीमा नै राष्ट्र सङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको जानकारी गराउँदै उनले महासचिव गुटेरेसको सम्बोधनलाई नेपाली जनताले पनि चासोसाथ हेर्ने बताए । नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै सभामुख घिमिरेले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय…
Read More
राष्ट्र सङ्घीय महासचिवको भ्रमण: लुम्बिनी पुग्ने देखी संसद्मा सम्बोधन गर्नेसम्म

राष्ट्र सङ्घीय महासचिवको भ्रमण: लुम्बिनी पुग्ने देखी संसद्मा सम्बोधन गर्नेसम्म

काठमाडौँ, १२ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले सङ्घीय संसद्लाई सम्बोधन गर्ने सम्मको कार्यक्रम रहेको छ । गए राती १ बजे नेपाल आई पुगेका महासचिव गुटेरेसले आफ्नो भ्रमणको पहिलो दिनमा नै अर्थात् आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् । थप औपचारिक भेटवार्ता र संवाद सम्पन्न गरे पछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन्, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक…
Read More
प्रधानमन्त्री प्रचण्ड पुगे काँग्रेसको चियापानमा

प्रधानमन्त्री प्रचण्ड पुगे काँग्रेसको चियापानमा

काठमाडौँ, ११ कार्तिक । नेपाली काँग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । काँग्रेस हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
Read More
काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

काँग्रेसलाई गठबन्धन वाट बाहिर निस्कन एमाले महासचिवको सुझाव

दाङ, ११ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन वाट बाहिर निस्कन काँग्रेसलाई सुझाव दिएका छन् । वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक सङ्कटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् । प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले  दलालहरूको पहुँच सरकारको नेतृत्व गरेका शयन कक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डामाडोल भई सक्दा पनि काँग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्वोपरि हितमा काम गर्न सक्ने अवस्थामा छैन । ‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र…
Read More
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।
Read More
लोकतन्त्रको विकल्प राजतन्त्र होइन ः भट्टराई

लोकतन्त्रको विकल्प राजतन्त्र होइन ः भट्टराई

  काठमाडौँ, कार्तिक ९ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्दै एउटा ट्विट जारी गरेका छन् । उनले भनेका छन्,  'भनिन्छ- समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५% जति हुन्छन्; अग्रगामी/वैज्ञानिक चेतना भएका मानिस १०-१५% जति हुन्छन्; कुनै प्रस्ट चेतना नभएका ढुलमुल/मध्यवर्ती मानिस ८०% जति हुन्छन्।त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरुद्ध दरो मोर्चा कसेर बहुसङ्ख्यक मध्यवर्ती वा ढुलमुल जनतालाई तिनको भ्रम जालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो;…
Read More
रारामा पर्यटकको घुइँचो, कसरी जाने रारा ?

रारामा पर्यटकको घुइँचो, कसरी जाने रारा ?

काठमाडौँ  ।  मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको सङ्ख्या अत्यधिक बढेको बताइन्छ । पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरु भइसकेका छन् । यही कारण  रारा घुम्न आउनेहरूको भीड बढेको  छ । रारा ताल जानको…
Read More
गोरखा केन्द्रबिन्दु भएर दोस्रो भूकम्प

गोरखा केन्द्रबिन्दु भएर दोस्रो भूकम्प

काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो ।  काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Read More
पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको निधन

पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको निधन

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको  सदस्यता प्राप्त गरेका पुराना, इमानदार तथा जनप्रेमी नेता मेघराज आचार्यको कार्तिक ४ गतेका दिन बिहान १ बजेर ४० मिनेटमा निधन भएको छ ।  मुटु , पायल्स र प्रोस्टेट रोगबाट पीडित उनी लामो समयदेखिदेखि टीचिग अस्पतालमा भर्ना भएका थिए । नेकपा(माओवादी केन्द्र) का नेता जनार्दन शर्माले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेता आचार्यप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । नेता आचार्यलाई सूचना तथा प्रसारण मन्त्री रेखा शर्मा लगायत अग्रज व्यक्तित्व तथा परिवारजनबाट श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले दिवङ्गत नेता आचार्यको मृत्यु पहाड भन्दा पनि गर्हुंगो भएको बताए…
Read More
सय वर्ष पूरा भएका ६१ जनाको अनुभव अब पुस्तकमा

सय वर्ष पूरा भएका ६१ जनाको अनुभव अब पुस्तकमा

काठमाडौँ, ४ कार्तिक । एक सय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिला पुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । बर्मामा दोस्रो विश्वयुद्ध लडेका वीर सिपाही दोलखाका एक सय एक वर्षीय शताब्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बङ्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई बर्सिया इन्द्रमाया पौडेलसम्मको जीवन सङ्घर्ष समेटिएको पुस्तक विमोचन भएको हो । पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरू जो एक सय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरूको कथा व्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताब्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका…
Read More