सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको आज ‘ब्रेक थ्रु’ गरिदै छ । मध्य तराईका पाँच जिल्लामा सिँचाई र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण थालिएको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ९९ दशमलव ९९ प्रतिसत काम सम्पन्न भएपछि आज ब्रेक थ्रु गर्न लागिएको हो । १३ दशमलव ३ किलोमिटर लामो सुरुङको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका विच ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । आयोजनाको १३ दशमलव तीन किलोमिटर मध्ये ९९ दशमलव ९९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका ७ कानढुंग्री स्थित सुनकोसी नदि किनारामा प्रधानमन्त्री…