सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…