Skip to main content

Sindhul Dainik

स्वास्थ्य

फिक्कलका तिनवटा वडाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा

फिक्कलका तिनवटा वडाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको प्रमुख आतिथ्यता, उपाध्यक्ष राजु बरालको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो । फिक्कल गाउँपालिकाको २, ३ का दुईवटा स्वास्थ्य संस्था र तिनपाटन गाउँपालिका १० को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । तिनपाटन १० को स्वास्थ्य चौकी बागमती प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी हो । शुक्रबार फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्थाको संख्या चार पुगेको…
Read More
गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु

गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न गोलन्जोर गाउँपालिकामा मंगलरबार सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । सिन्धुलीको गोलन्जोर गाउपालिकामा सिन्धुली एकीकृत बिकास सेवा (सिड्स नेपाल) सिन्धुली र वल्ड भिजन नेपालको साझेदारीमा नेपालको संविधानको मौलिक हकको रुपमा रहेको खाद्य सम्प्रभुताको अधिकारलाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोपण २०२१, सयुक्त राष्ट्रसघीय खाय प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना (२०८०÷०८१–०८७÷०८८) तेस्रोले दिएको पोषणको अधिकार प्राप्त गर्दै, गोलन्जोर गाउँपालिकालाई कुपोषण तथा भोकमरीलाई अन्त्य गरी बालमैत्री तथा…
Read More
सिन्धुली अस्पतालमा दुरविन प्रयोग गरी ‘अक्टोपिक गर्भावस्था’को सल्यक्रिया

सिन्धुली अस्पतालमा दुरविन प्रयोग गरी ‘अक्टोपिक गर्भावस्था’को सल्यक्रिया

सिन्धुलीमाढी । सिन्धुली जिल्लामा पहिलो पटक दुरविनको सहायताले पाठेघर भन्दा बाहिर बच्चा (अक्टोपिक गर्भावस्था) बसेको महिलाको सल्यक्रिया गरी उपचार गरिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालले कमलामाई नगरपालिका निवासी मन्दिरा अधिकारीको उक्त प्रविधि प्रयोग गरी आईतबार उपचार गरेको हो । उहाँको पाठेघर भन्दा बाहिर ‘ट्युव’ मा बसेको छ हप्ताको गर्भको उपचार दुरविनको सहयाताले गरिएको सल्यक्रिया सफल भएको उक्त सल्यक्रियामा संलग्न चिकित्सक(गाईनोलोजिष्ट) सरोज यादबले जानकारी दिनुभयो । ‘भर्खरै विवाह भएकी ति महिला पेट दुःखेर अत्याधिक रक्तस्राब भई उपचारका लागि आउनु भएको रहेछ,’ चिकित्सक यादबले भन्नुभयो, ‘ट्युव फुटेर पेट भरि रगत जमेको अवस्था थियो । उक्त प्रविधिबाट फुटेको साईडको टुयुव काट्यौ…
Read More
तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘इनअफ’ क्याम्पियन सुरु

तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘इनअफ’ क्याम्पियन सुरु

सिन्धुली । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरेको सिन्धुलीको तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘इनअफ’ क्याम्पियनका सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न तिनपाटनमा सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । गाउँपालिकालाई बालमैत्री र कुपोषण मुक्त पालिकाका निर्माणका लागि आवश्यक निति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनका रुपमा ‘पोषण बहस’ सुरु गरिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए । गाउँपालिकाले बुधबार आयोजना गरेको पोषण बहसमा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, आमा समुह, महिला स्वयमसेवीका सहयोगी निकायका प्रतिनिधि लगायतले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् । तथ्यांक अनुसार तिनपाटन…
Read More
सुनकोशी गाँउपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सुनकोशी गाँउपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । गाउपालिकाका १६ महिना देखि ५९ महिनासम्मका १ हजार १२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गणतन्त्र दिवसको अवसर पारेर बिहिबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो । यो संगै सिन्धुलीका चारवटा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । यस अघि जिल्लाको फिक्कल, गोलन्जोर र मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष खोप समन्वय समितिका संयोजक दिपा बोहोरा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा…
Read More
गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ हजार ४ सय बढी सेवा प्रबाह गरिएको छ । गाउँपालिकाको १ देखि ७ सम्मकै सबै वडामा आयोजित एकिकृत घुम्ती शिविरमा विभिन्न सातवटा सेवा तर्फ २ हजार ४ सय २० सेवा प्रबाह भएको गाउँपालिकाले जनाएको छ । बैशाख १० गते बुधबारबाट सुरु भएको एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका…
Read More
एसिड आक्रमणबाट सिन्धुलीका सुकुरामको मृत्यु

एसिड आक्रमणबाट सिन्धुलीका सुकुरामको मृत्यु

सिन्धुली  । एसिडआक्रमणबाट गम्भिर घाइते भएका सिन्धुलीको तिनपाटन गाउँपालिका ३ कोटगाउँका ४१ वर्षीय सुकुराम दमाईको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उनको विहान ९ बजेर ३९ मिनेट मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका दाजु बुधराम दमाईका अनुसार ज्याला मजदुरीका लागि केही समय अगाडी देखि काभ्रे जिल्लाको रोशी गाउँपालिका बस्दै आएका सुकरामलाई गत चैत्र १७ गते आइतबार बेलुकी करिव साँढे ७ बजे एसिड आक्रमण भएको थियो । एसिड आक्रमणबाट ४५ प्रतिसतबढी शरिर जलेका सुकरामको उपचारको करिव एक महिनाको उपचारपछि मृत्यु भएको हो । उनिमाथी बेलुकाको समयमा कामबाट फर्की खाना खान बसीरहेको अवस्थामा केही समुहमा आएका व्यक्तिहरुले…
Read More
गोलन्जोरको वितिजोर बगैँचामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई सम्पन्न

गोलन्जोरको वितिजोर बगैँचामा एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…
Read More
गोलन्जोर गाउँपालिकाको एकिकृत घुम्ती शिविरमा २६१ जनाले लिए सेवा

गोलन्जोर गाउँपालिकाको एकिकृत घुम्ती शिविरमा २६१ जनाले लिए सेवा

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना लाभान्वीत भएका छन् । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा बुधबार आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएका हुन् । गाउँपालिकाले बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाका अध्यक्ष शंकरारज बरालले डुडभन्ज्याङका जेष्ठ नागरिएकलाई सामाजिक सुरक्षा भक्त हस्तान्तरण गरेर सुरुवात गरिएको शिविरबाट १८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनुभएको छ । यस्तै ५ जनाले बायोमेट्रि…
Read More
तिनपाटनमा दुईदिने आँखा शिविर सम्पन्न

तिनपाटनमा दुईदिने आँखा शिविर सम्पन्न

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रको स्थापना संगै तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालले आँखा उपचारका लागि आवश्यक पर्ने, उपकरण, औषधी, चस्मा लगायतका सामाग्री सहयोग गरेका छन् । आगामी तिन वर्षसम्म आँखा उपचारका लागि तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपाल सहयोग गर्ने छन भने त्यसका लागि आवश्यक पर्ने दक्ष प्राविधिक तथा औषधी र उपकरणमा समेत…
Read More