सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पहिलो पटक दलित अधिकारका लागि उक्त समुदायको खुल्ला आमसभा आयोजना गरिने भएको छ । मरिण दलित एकता संघ मरिणको आयोजनामा शनिबार बिहान ११ बजे उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । मरिण दलित एकता संघका अध्यक्ष धनबहादुर विक (शाहसंकर) का अनुसार मरिण गाउँपालिका ६ को नयाँबस्ति स्थीत कृषिहाटबजारमा दलित नागरीक अभियान तथा खुल्ला आमसभा कार्यक्रमको आयोजना हुनेछ । सहभागि दलित समुदायले मरिण बहुमुखी क्याम्पस चोकदेखी नयाँ बस्तीसम्म पन्चेबाजा, ब्यानर सहितको ¥याली आयोजना गर्दै आमसभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ । कायक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, दलित अगुवा विश्वभक्त दुलाल (आहुती) लगायतले प्रशिक्षण…