सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पहिलो पटक दलित अधिकारका लागि उक्त समुदायको खुल्ला आमसभा आयोजना गरिने भएको छ ।
मरिण दलित एकता संघ मरिणको आयोजनामा शनिबार बिहान ११ बजे उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
मरिण दलित एकता संघका अध्यक्ष धनबहादुर विक (शाहसंकर) का अनुसार मरिण गाउँपालिका ६ को नयाँबस्ति स्थीत कृषिहाटबजारमा दलित नागरीक अभियान तथा खुल्ला आमसभा कार्यक्रमको आयोजना हुनेछ ।
सहभागि दलित समुदायले मरिण बहुमुखी क्याम्पस चोकदेखी नयाँ बस्तीसम्म पन्चेबाजा, ब्यानर सहितको ¥याली आयोजना गर्दै आमसभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
कायक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, दलित अगुवा विश्वभक्त दुलाल (आहुती) लगायतले प्रशिक्षण दिनुहुने छ । आहुती कार्यक्रमका प्रमुख वक्ता हुनुहुन्छ ।
मरिण गाउँपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रममा मरिण गाउँपालिकाका जनप्रतिनिधि, दलित अभियान्ताहरुसंगै मरिण गाउँपालिकाका ७ वटै वडाबाट कम्तीमा एक हजार पाँच सयबढीको सहभागिता हुने अनुमान गरिएको छ ।
दुई दिनसम्म संचालन हुने कार्यक्रममा गाउँपालिकाबाट नतक तह उतिर्ण गर्ने दलित व्यक्तिहरुलाई सम्मान, छुवाछुत कसुर तथा सजाय ऐन २०६८ संग सम्बन्धित चेतना मुलक होर्डिङ बोर्ड, दलित समुदायका लागि कम्प्युटर तालिमको समेत आयोजना गरिने छ ।






