सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा दलित समुदायको नागरिक अभियान कार्यक्रम अन्तरगत खुल्ला आमसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यता तथा मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर विक (शाहसंकर) को अध्यक्षतामा भएको कार्यक्रममा मरिणका दलित समुदायका लागि दलित अधिकारका अभियान्ता विश्वभक्त दुलाल (आहुती) प्रशिक्षण दिनु भएको छ । उक्त कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन स्थानीय सरकारले थुप्रै कार्यक्रम गरिएको बताउनुभयो । पालिकाका दलित समुदायको अवस्था कस्तो…