Skip to main content

Sindhul Dainik

मरिणमा दलित समुदायको आम सभा तथा सम्मान कार्यक्रम सम्पन्न

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा दलित समुदायको नागरिक अभियान कार्यक्रम अन्तरगत खुल्ला आमसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मरिण गाउँपालिकाको सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यता तथा मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर विक (शाहसंकर) को अध्यक्षतामा भएको कार्यक्रममा मरिणका दलित समुदायका लागि दलित अधिकारका अभियान्ता विश्वभक्त दुलाल (आहुती) प्रशिक्षण दिनु भएको छ ।
उक्त कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन स्थानीय सरकारले थुप्रै कार्यक्रम गरिएको बताउनुभयो । पालिकाका दलित समुदायको अवस्था कस्तो छ भनेर वास्तव तथ्यांक निकाल्न दलित प्रोफाईल बनाउने प्रक्रिया सुरू गरिएको उहाँको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखक तथा दलित अधिकारका क्षेत्रमा विश्लेषक विश्वभक्त दुलाल (आहुती) ले वर्तमान संविधानमा उल्लेख दलितको हक अधिकार अझै पर्याप्त नरहेको बताउनुभयो ।
संविधानमा उल्लेख कतिपय हक अधिकार छुट्टै कानुन बनाएर लागू गर्ने भए पनि सरकारले समयमा कानुन नबनाउँदा दलितहरू हक, अधिकारबाट बन्चित हुनु परेको बताउनुभयो ।
मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझीले दलित समुदायको हक, अधिकारको लागि सबै दलितहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको अवसरमा स्नातक तह देखि माथिल्लो तह उत्तीर्ण २२ जना दलित समुदायका युवाहरूलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, विभिन्न वडाका वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रअहरु, दलित समुदायका अगुवाहरू र सबै वडाहरूबाट दलित समुदायका नागरिकहरूको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको संचालन बुद्ध नेपालीले गर्नुभएको थियो भने कार्यक्रममा सहभागिहरुलाई रामकुमार लाखेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...