सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन आजबाट सिन्धुलीमाढीमा सुरु हुँदै छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले भव्य कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख संजय कुमार दाहालका अनुसार अधिवेशन आज बिहान ११ बजेबाट कमलामाई नगरपालिका ६ स्थित कमलामाई पार्टी प्यालेसमा सुरु हुने छ ।
उहाँले भन्नुभयो, ‘अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।अधिवेशनको उद्घाटन पार्टीका श्रदय महासचिव शंकर पोखरेलले गर्नु हुनेछ , अधिवेशका लागि प्रतिनिधि, अतिथि, पार्टीका शुभचिन्तक, शुभेच्छुकहरु सिन्धुलीमाढी आईसक्नु भएको छ ।’
अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५ सय १४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटि सदस्य (आयोजक) १ सय ३० सल्लाहकार २५ र मनोनित ३९ गरी कुल ७ सय ८४ जना प्रतिनिधि सहभागि हुनेछन ।
त्यसबाहेक अतिथी तथा शुभेच्छुक गरी झण्डै एक हजारबढीको अधिवेशनमा सहभागिता हुनेछ ।
अधिवेशन उद्घाटन सत्रमा सांस्कृति टिमबाट विभिन्न ६ वटा प्रस्तुती समेत हुने छ । अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुने छन् ।



