सिन्धुली । नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिबेशन उद्घाटन सत्र सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्र बुधबारबाटै सुरु भएको छ । बन्द सत्र संचालनका लागि १३ सदस्यीय अध्यक्ष मण्डलको गठन गरिएको छ । अध्यक्षमा नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज खेम लहोनी रहनु भएको छ । यस्तै सदस्यहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाड, बिषमलाल अधिकारी, कमलजंग राइ, उमा कोइराला, मनोजजंग थापा, सुवास देबकोट, नवराज सिलवाल रहेका छन । यस्तै नेताहरु दावा दोर्जे लामा, शान्तिमान कार्की, प्रदिप कटुवाल र कौशल कोइराला सदस्य हुनुहुन्छ । अधिवेशन नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजै एक…
सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री रवि लामिछानेमाथी छानबिन गर्न नेपाली कांग्रेसले भने जस्तो संसदीय समिति गठन नहुने बताएका छन् । बुधबार सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले लगातार संसद अबरुद्ध गर्नु सत्ताबाट बाहिरिनु पर्दाको छटपटाहट मात्र भएको उल्लेख गरे । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनको राजिनामा माग्दै संसदिय छानवि समिति गठन गर्नु पर्ने माग गर्दै आएको छ । ‘कांग्रेसले उठाएको माग पूर्वग्राही छ । यो…
सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन आजबाट सिन्धुलीमाढीमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले भव्य कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख संजय कुमार दाहालका अनुसार अधिवेशन आज बिहान ११ बजेबाट कमलामाई नगरपालिका ६ स्थित कमलामाई पार्टी प्यालेसमा सुरु हुने छ । उहाँले भन्नुभयो, ‘अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।अधिवेशनको उद्घाटन पार्टीका श्रदय महासचिव शंकर पोखरेलले गर्नु हुनेछ , अधिवेशका लागि प्रतिनिधि, अतिथि, पार्टीका शुभचिन्तक, शुभेच्छुकहरु सिन्धुलीमाढी आईसक्नु भएको छ ।’ अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत…