सिन्धुली । नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिबेशन उद्घाटन सत्र सम्पन्न भएको छ ।
अधिवेशनको बन्द सत्र बुधबारबाटै सुरु भएको छ । बन्द सत्र संचालनका लागि १३ सदस्यीय अध्यक्ष मण्डलको गठन गरिएको छ ।
अध्यक्षमा नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज खेम लहोनी रहनु भएको छ । यस्तै सदस्यहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाड, बिषमलाल अधिकारी, कमलजंग राइ, उमा कोइराला, मनोजजंग थापा, सुवास देबकोट, नवराज सिलवाल रहेका छन । यस्तै नेताहरु दावा दोर्जे लामा, शान्तिमान कार्की, प्रदिप कटुवाल र कौशल कोइराला सदस्य हुनुहुन्छ ।
अधिवेशन नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजै एक कार्यक्रमका विच नेकपा उद्घाटन गरेका छन् । बिहिबार सम्म चल्ने अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५ सय १४, जनवर्गीय संगठनहरुबाट ७६, जिल्ला कमिटि सदस्य (आयोजक) १ सय ३० सल्लाहकार २५ र मनोनित ३९ गरी कुल ७ सय ८४ जना प्रतिनिधि सहभागि छन ।
अधिवेशनबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित गर्ने छ भने पाँच जना मनोनित हुने छन् ।



