Skip to main content

Sindhul Dainik

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाऔं

Advertisement

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीको शुनिश्चितता’ भन्ने आदर्शका साथ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । सरकारले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन देशभर भर्ना अभियान सुरु गरेको हो । बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु हुदैछ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क भनेको छ । अभियान अन्तरगत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालयमा स्वागत तथा विद्यार्थी टिकाउ र शिकाई उपलब्धीमा सुधार लगायतका काम गर्नुपर्ने हुन्छ । विद्यार्थी भर्ना अभियानका लागि सहजिकरण कार्य योजना पनि बनाउन आवश्यक छ । तर, सिन्धुलीका स्थानीय तहका सामुदायिक विद्यालयहरुमा यस्ता प्रयासहरु हुने गरेको पाइदैन । अभियान अन्तरगत सार्वजनिक सन्देश सहितका ब्यानर, पम्प्लेट, प्रचार प्रसार सामाग्रीहरु समेत तयार गरिदैन । यस वर्ष जिल्लाका स्थानीय सरकारहरुले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनीधिका छोेराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन भनेका छन् । यद्यपी विद्यार्थी भर्ना अभियानमा समाजका अगुवा, राजनितिक दल, निर्वाचित जनप्रतिनीधिहरुको प्राथमिकताका साथ चासो रहेको पाइदैन । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार हो । यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार तिनै तहको सरकार सामु रहेको छ । सरकारले देशैभरबाट ७ लाख १३ हजार विद्यालय उमेर समुहलाई विद्यालयमा ल्याउने गरि देशैभर भर्ना अभियान गर्ने जनाएको छ । सिन्धुली जिल्लामा मात्र यस वर्ष ६४ हजार बढी बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराईने छ । जिल्लामा प्राथमिक तहका ३ सय ६२, निम्न माध्यमिक तहको ८१ र माध्यमिक तहको १ सय २० वटा गरी कुल ५ सय ६३ वटा सामुदायिक विद्यालयहरु रहेका छन । सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थी भर्ना अभियान संचालन हुनेगरेपनि विद्यार्थीको संख्या बढेनबढेको कुनै तथ्यांक छैन । विद्यालयमा भर्ना गराउन भन्दापनि टिकाउन कठिन भईरहेको अवस्थामा यस वर्षको विद्यार्थी भर्ना अभियान पनि केवल नारामा मात्र सिमित नबनोस शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...