Skip to main content

Sindhul Dainik

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाऔं

Advertisement

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीको शुनिश्चितता’ भन्ने आदर्शका साथ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । सरकारले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन देशभर भर्ना अभियान सुरु गरेको हो । बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु हुदैछ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क भनेको छ । अभियान अन्तरगत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालयमा स्वागत तथा विद्यार्थी टिकाउ र शिकाई उपलब्धीमा सुधार लगायतका काम गर्नुपर्ने हुन्छ । विद्यार्थी भर्ना अभियानका लागि सहजिकरण कार्य योजना पनि बनाउन आवश्यक छ । तर, सिन्धुलीका स्थानीय तहका सामुदायिक विद्यालयहरुमा यस्ता प्रयासहरु हुने गरेको पाइदैन । अभियान अन्तरगत सार्वजनिक सन्देश सहितका ब्यानर, पम्प्लेट, प्रचार प्रसार सामाग्रीहरु समेत तयार गरिदैन । यस वर्ष जिल्लाका स्थानीय सरकारहरुले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनीधिका छोेराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन भनेका छन् । यद्यपी विद्यार्थी भर्ना अभियानमा समाजका अगुवा, राजनितिक दल, निर्वाचित जनप्रतिनीधिहरुको प्राथमिकताका साथ चासो रहेको पाइदैन । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार हो । यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार तिनै तहको सरकार सामु रहेको छ । सरकारले देशैभरबाट ७ लाख १३ हजार विद्यालय उमेर समुहलाई विद्यालयमा ल्याउने गरि देशैभर भर्ना अभियान गर्ने जनाएको छ । सिन्धुली जिल्लामा मात्र यस वर्ष ६४ हजार बढी बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराईने छ । जिल्लामा प्राथमिक तहका ३ सय ६२, निम्न माध्यमिक तहको ८१ र माध्यमिक तहको १ सय २० वटा गरी कुल ५ सय ६३ वटा सामुदायिक विद्यालयहरु रहेका छन । सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थी भर्ना अभियान संचालन हुनेगरेपनि विद्यार्थीको संख्या बढेनबढेको कुनै तथ्यांक छैन । विद्यालयमा भर्ना गराउन भन्दापनि टिकाउन कठिन भईरहेको अवस्थामा यस वर्षको विद्यार्थी भर्ना अभियान पनि केवल नारामा मात्र सिमित नबनोस शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...