सिन्धुलीमाढीमा कमलामाई नगरपालिको चौँथो नगरस्तरीय मेयर उपमेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ५ र ७ बिच प्रतिष्पर्धा हुँदा वडा नम्बर ७ बिजयी भएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक बिक्रम थापाले जानकारी दिनुभयो । दोस्रो प्रतियोगितामा वडा नम्बर २ र ३ बिच भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो भने तेस्रो प्रतियोगितामा वडा नम्बर १० र वडा नम्बर १ बिच भएको खेलमा वडा नम्बर १० विजयी भएको थियो । चौँथो प्रतियोगितामा वडा नम्बर ९ र ११ बिच भएको प्रतिष्पर्धामा…
सिन्धुली । सिन्धुलीमा जनसांस्कृतिक महासंघ नेपाल सिन्धुलीको गठन गरिएको छ । आइतबार नेकपा माओवादी केन्द्र जिल्ला कार्यालयमा आयोजित जनसांस्कृतिक महासंघ नेपाल सिन्धुलीको प्रथम जिल्ला सम्मेलनबाट रादिप सुनुवारको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा ग्रिस्मा दियाली (दुधौली), सचिवमा विर्खबहादुर वाइवा (घ्याङलेख), सहसचिवमा हिमाल राई (हरिहरपुरगढी), कोषाध्यक्षमा हरि आछामी (कमलामाई) बाट चयन गरिएको छ । यस्तै सदस्यहरुमा विज लुंगेली (मरिण), विरपात ब्लोन (तिनपाटन), सुदिप विक (फिक्कल) रहेका छन् । थप चार जना सदस्य पछि मनोनित गरिने छ । कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले जनसांस्कृतिक महासंघ…
सिन्धुली । नेकपा (एमाले) सिन्धुली शुक्रबार भएको निर्वाचनको सदस्य तर्फको मतगणना जारी छ । हालसम्म ४५० मत गनिएको छ । को ८ औं जिल्ला अधिवेशन अन्र्तगत जिल्ला कमिटी चयनका लागि भएको मतदानको मतगणना कार्य आइतबार विहान बाट सुरु भएको थियो । एमाले पार्टी कार्यालयमा ५ ठाउमा सदस्य तर्फको मतगणना जारी रहेको हो । यस अघि पदाधिकारीको मत गणना सम्पन्न गरिसकिएको छ । निर्वाचन कमिटीका प्रमुख पदम बहादुर मगरका अनुसार ७८३ मतदाता मध्ये ७५४ मतदाताले मतदान गरेका थिए । ७५४ मत मध्ये पहिलो चरणमा ४५० मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिए । हेर्नुहोस प्राप्त मत…
सिन्धुली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ। बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए। ‘सुदूरपश्चिम मुख्यमन्त्री हामीले नै पाउने यसअघि पनि अनौपचारिक सहमति थियो। आइतबार बिहान बसेको बैठकमा औपचारिक सहमति भएको छ। आइतबार अपराह्न ३ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्छौं,’ उनले सेतोपाटीसँग भने। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुदूरपश्चिम मुख्यमन्त्री…
काठमाडौं : संघीय संसद्को तेस्रो (हिउँदे) अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ। आइतबार बिहान बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद सचिवालयमा पठाएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। यो अवधिमा दुबै सदनबाट तीन वटा विधेयक मात्र पारित भए ।
विकास निर्माणको शिथिलता सिर्जित चरम निराशाबीच पनि २०८१ सालमा भने सुरुङ र जलविद्युत् आयोजनाको निर्माणले आशा जगाउनेछ। राजनीतिक अस्थिरता, विकासमा निराशा तथा अर्थतन्त्रको शिथिलतासहित २०८० सालले बिदा लिएको छ। यो वर्ष सत्ता समीकरणको फेरबदल, प्रदेश सरकारमा भद्रगोल तथा राजनीतिक जोड-घटाउको रस्साकस्सीबीच सरकारको ध्यान विकास र अर्थतन्त्रमा पुगेन। त्यसैले, देशैभरि विकास निर्माणका गतिबिधि लथालिङ्ग भए भने अर्थतन्त्रको गति निराशाजनक रह्यो। राष्ट्रिय गौरव भनिएका आयोजनाकै गति सुस्त भयो। लामो समयदेखि अड्किएका सिक्टा, बबई, रानीजमरा कुलरियासहितका सिंचाइ आयोजनाले बितेको वर्ष पनि गति पाएनन्। प्रस्तावित बुढीगण्डकी वा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीको स्रोत व्यवस्थापन गर्नै चुनौतिपूणर् छ भने प्रगति भएन। हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गसहित…
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीको शुनिश्चितता’ भन्ने आदर्शका साथ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । सरकारले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन देशभर भर्ना अभियान सुरु गरेको हो । बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु हुदैछ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क भनेको छ । अभियान अन्तरगत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालयमा स्वागत तथा विद्यार्थी टिकाउ र शिकाई उपलब्धीमा सुधार लगायतका काम गर्नुपर्ने हुन्छ । विद्यार्थी भर्ना अभियानका लागि सहजिकरण कार्य योजना पनि बनाउन आवश्यक छ । तर, सिन्धुलीका स्थानीय तहका सामुदायिक विद्यालयहरुमा यस्ता प्रयासहरु हुने गरेको पाइदैन…