Skip to main content

Sindhul Dainik

सुदूरपश्चिम नाउपालाई मुख्यमन्त्री, आजै दाबी पेसगर्ने

Advertisement

सिन्धुली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ।
बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए।
‘सुदूरपश्चिम मुख्यमन्त्री हामीले नै पाउने यसअघि पनि अनौपचारिक सहमति थियो। आइतबार बिहान बसेको बैठकमा औपचारिक सहमति भएको छ। आइतबार अपराह्न ३ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्छौं,’ उनले सेतोपाटीसँग भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने बताएका थिए। त्यसपछि आलोपालो अनुसार दुई वर्षपछि एकीकृत समाजवादीलाई नाउपाले मुख्यमन्त्री छाड्न सहमति भएको छ।
नाउपाले मुख्यमन्त्री पाउने भए पनि कसले नेतृत्व गर्ने भनेर पार्टीभित्र विवाद छ। नाउपा सुदूरपश्चिमका सांसदहरू पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएका छन्। अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन्। संरक्षक चौधरी पक्षले भने लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका छन्।
चौधरीले बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा (एमाले)सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन्। स्वतन्त्र सांसद तारा जोशीले भने अहिलेसम्म निणर्य गरिसकेका छैनन्।
यद्यपि गठबन्धनले समर्थन मागेको खण्डमा उनले सघाउने मनशाय भने व्यक्त गरे। ‘नाउपाले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दा छलफल गर्नुपर्ने हो। तर तीन-चार दिनदेखि उहाँहरू सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘धारा १६८ (२) अनुसार सरकार बन्नन/बन्नेबारे पनि मैले बुझेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...