Sindhul Dainik

जनसांस्कृतिक महासंघ नेपाल सिन्धुलीको गठन

Advertisement

सिन्धुली । सिन्धुलीमा जनसांस्कृतिक महासंघ नेपाल सिन्धुलीको गठन गरिएको छ । आइतबार नेकपा माओवादी केन्द्र जिल्ला कार्यालयमा आयोजित जनसांस्कृतिक महासंघ नेपाल सिन्धुलीको प्रथम जिल्ला सम्मेलनबाट रादिप सुनुवारको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा ग्रिस्मा दियाली (दुधौली), सचिवमा विर्खबहादुर वाइवा (घ्याङलेख), सहसचिवमा हिमाल राई (हरिहरपुरगढी), कोषाध्यक्षमा हरि आछामी (कमलामाई) बाट चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा विज लुंगेली (मरिण), विरपात ब्लोन (तिनपाटन), सुदिप विक (फिक्कल) रहेका छन् । थप चार जना सदस्य पछि मनोनित गरिने छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले जनसांस्कृतिक महासंघ नेपाल नेकपा माओवादी केन्द्रको भातृ संगठन भएकाले पार्टीको विचार, विधि र सिद्धान्त अनुसारनै महासंघको गतिविधिलाई संचालन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले व्यक्ति भन्दा पहिला संस्था र जिम्मेवारी महत्वपूर्ण हुने भन्दै संस्था र नेतृत्व प्रति इमान्दार भएर जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज विमला केसी, नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज तथा बागमती प्रदेश समितिका सचिवालय सदस्य पानीराजा बम्जन, जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य रामचन्द्र श्रेष्ठ, नेकपा माओवादी केन्द्र सिन्धुलीका सचिव विनोद विक, नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका इन्चार्ज यम कुमार देबकोटा, जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेश समितिका अध्यक्ष विश्व दोङ, जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेश समितिका उपाध्यक्ष पुजा श्रेष्ठ, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य बम बहादुर स्याङ्तान, नेकपा माओवादी केन्द्र मरिण गाउँ कमिटिका अध्यक्ष काजीमान थिङ, फिक्कल गाउँकमिटिका अध्यक्ष लोकेन्द्र बहादुर कार्की लगायतको उपस्थितीमा प्रथम सम्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...