Sindhul Dainik

नगरस्तरीय मेयर उपमेयर कप भलिबल प्रतियोगिता सुरु

Advertisement

 सिन्धुलीमाढीमा कमलामाई नगरपालिको चौँथो नगरस्तरीय मेयर उपमेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ५ र ७ बिच प्रतिष्पर्धा हुँदा वडा नम्बर ७ बिजयी भएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक बिक्रम थापाले जानकारी दिनुभयो ।
दोस्रो प्रतियोगितामा वडा नम्बर २ र ३ बिच भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो भने तेस्रो प्रतियोगितामा वडा नम्बर १० र वडा नम्बर १ बिच भएको खेलमा वडा नम्बर १० विजयी भएको थियो ।
चौँथो प्रतियोगितामा वडा नम्बर ९ र ११ बिच भएको प्रतिष्पर्धामा ९ नम्बर वडाले ११ नम्बरलाई हराएको आयोजकले जनाएको छ ।
त्यस्तै आजै भएको सेमिफाइनल प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर २ बिच भएको प्रतिष्पर्धामा वडा नम्बर ७ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ भने दास्रो सेमिफाइनल प्रतियोगितामा वडा नम्बर १० र वडा नम्बर ९ बिच भएको प्रतिष्पर्धामा ९ नम्बर वडालाई हराउँदै वडा नम्बर १० फाईनलमा प्रवेश गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनलमा वडा नम्बर ७ र वडा नम्बर १० बिच प्रतिष्पर्धा गर्ने भएको छ । यस्तै प्रतियोगितामा महिला तर्फको भलिवलका सबै प्रतिस्पर्धा सोमबार हुनेछन ।
प्रतियोगिताको फाइनल खेल चैत ४ गते गते खेलाइने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई ४० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...