Sindhul Dainik

सिन्धुलीमा बस दुर्घटना हुँदा २५ जना घाईते

Advertisement

सिन्धुली । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाईते भएका छन ।
महोत्तरीको बर्दीबासबाट काठमाडौं तर्फ जाँदै गरेको ००१–०१–१७३२ नम्बरको पर्यटकीय बस दुर्घटना भएको हो ।
बसमा ग्लोबल आईएमी बैंकका कर्मचारी रहेको गोलन्जोर गाउँपालिका ७ सिन्धुलीका वडा अध्यक्ष रेगनराज थापाले जानकारी दिए ।
उनिहरू बैंकको तालिममा सहभागी भएर बर्दीबासबाट फर्कदै थिए । घुमउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँन खोज्दा दुर्घटना भएको अनुमान गरीएको छ । घाईतेको उद्धारकार्य जारी छ । दुर्घटनाका घाईतेको खुर्कोट स्थित शुभजिवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागी पठाईएको छ । दुर्घटनामा अहिले सम्म कुनै मानविय क्षेती नभएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए ।
बस सडकबाट करीव ५० मिटर तल खसेको छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन । घटनाको बिवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...