Sindhul Dainik

Day: २०८१ जेष्ठ १७, बिहीबार

सिन्धुली दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

सिन्धुली दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

सिन्धुली  । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । बिहिबार तिनपाटन गाउँपालिका २ भिमस्थान चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका तिनपाटन गाउँपालिका १ चिसापानीका ४५ का नबराज काफ्लेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको सिन्धुली प्रहरीले जनाएको छ । भिमस्थानबाट बेलघारी तर्फ आउदै गरेको प्रदेस २–०३–००१ त ५५२६ नम्बरको ट्याक्टरले बिपरित दिशा तर्फ जादै गरेको प्रदेस २–०२–००५ प ४७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा काफ्ले गम्भिर घाईत भएका थिए । उनको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि फिस्टेलएयरको हेलिकप्टरद्धारा नेपाल मेडिसिटी अस्पताल सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए ।…
Read More
सिन्धुलीमा बस दुर्घटना हुँदा २५ जना घाईते

सिन्धुलीमा बस दुर्घटना हुँदा २५ जना घाईते

सिन्धुली । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाईते भएका छन । महोत्तरीको बर्दीबासबाट काठमाडौं तर्फ जाँदै गरेको ००१–०१–१७३२ नम्बरको पर्यटकीय बस दुर्घटना भएको हो । बसमा ग्लोबल आईएमी बैंकका कर्मचारी रहेको गोलन्जोर गाउँपालिका ७ सिन्धुलीका वडा अध्यक्ष रेगनराज थापाले जानकारी दिए । उनिहरू बैंकको तालिममा सहभागी भएर बर्दीबासबाट फर्कदै थिए । घुमउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँन खोज्दा दुर्घटना भएको अनुमान गरीएको छ । घाईतेको उद्धारकार्य जारी छ । दुर्घटनाका घाईतेको खुर्कोट स्थित शुभजिवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागी पठाईएको छ…
Read More