Sindhul Dainik

विश्व बालश्रम विरुद्ध दिवसमा भगवती बाल क्लवको प्रभातफेरी

Advertisement

सिन्धुली । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरीको आयोजना गरिएको छ ।
जुन १२ अर्थात बुधबार भगवती बाल क्लवको आयोजनामा विद्यार्थीहरुले सिन्धुलीमाढीमा प्रभातफेरीको आयोजना गरेका हुन् ।
‘बालश्रम विरुद्धको हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध रहौँ’ भन्ने मुल नाराका साथ सिन्धुलीको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालय अन्तरगतका भगवती बाल क्लवले जनचेतनामूलक प्ले कार्ड सहित प्रभात फेरी एवम कोण सभाको आयोजना गरेको हो ।
कमलामाई नगरपालिका ६, २नम्बर बजार स्थित विद्यालय प्राङ्गणबाट शुरु भएको प्रभात फेरी कार्यक्रम सिन्धुलीको मुख्य बजार हुँदै कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले बाल श्रमको प्रयोग अपराध हो, बालमैत्री साशन बालअधिकारको सम्मान, आजका बालबालिका भोलीका कर्णधार जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको बाल क्लवकी अध्यक्ष रशिक काफ्लेले बताईन ।
प्रभातफेरी कार्यक्रममा भगवती बाल क्लवका संरक्षक तथा भगवती माविका संस्थापक प्रध्यानध्यापक कृष्णकुमार उप्रेतीले आफ्नो विद्यालयले बालदिवस, बालश्रम विरुद्धको दिवस लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु विद्यार्थीहरुको सक्रिय सहभागितामा मनाउँदै आएको बताए ।
उनले भने, ‘बालबालिकाहरुकै सहभागितामा यस्ता कायृक्रमहरु आयोजना गर्दा उनिहरुमा सामाजिक ज्ञान र नेतृत्व गर्ने क्षमता अभिवृद्धि हुने छ । बालबालिकाहरु आफै सचेत भए बाल श्रम विरुद्धका अभियानहरु सफल पार्न मद्धत पुग्नेछ ।’

बालबालिकाहरुलाई हरेक क्षेत्रबाट बालश्रम मुक्त गर्नुपर्ने, विश्वका हरेक राष्ट्रले अन्तराष्ट्रिय बालसन्धि अनुरुप कार्य गर्नुपर्ने उप्रेतीको धारणा छ ।
प्रभातफेरी कार्यक्रममा बाल क्लवका छात्र अन्विश दाहाल र छात्रा सोनिका गौतमले अंग्रेजी तथा नेपाली भाषामा बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको बताएका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक तमिज सेल्भम र शैक्षिक निर्देशक सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो ।

२०६४ सालमा स्थापना भएको उक्त बाल क्लवले यस अघिपनि सामाजिक कार्यक्रमा आफ्नो सहभागिता जनाउँदै आएको छ ।
बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।
अन्तराष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । नेपालमा बालबालिका सम्बन्धी ऐन २०४८ ले १६ वर्ष मुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...