Skip to main content

Sindhul Dainik

Day: २०८१ जेष्ठ ३०, बुधबार

मरिण गाउँपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषण

मरिण गाउँपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषण

सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषण गरिएको छ । बुधबार एक कार्यक्रमका विच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरेकी हुन् । बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको सहकार्यमा पालिकामा विद्यालय बाहिर रहेका ४ वर्ष देखि १३ वर्ष उमेर समुहका ८९ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराएर उक्त कार्यक्रमको घोषणा गरिएको हो । यो संगै मरिण सिन्धुलीका दुई नगरपालिका सहित नौ वटा स्थानीय तह मध्ये अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्ने पहिलो गाउँपालिका भएको छ । कार्यक्रममा मन्त्री मोक्तानले बागमती प्रदेश सरकारले प्रदेशका सबै पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा…
Read More
कमलामाई १३ मा समिक्षा तथा समन्वय भेला सम्पन्न

कमलामाई १३ मा समिक्षा तथा समन्वय भेला सम्पन्न

सिन्धुली । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस नेपाल ) ले संचालन गरेको युवा आवद्धता द्वारा स्थानिय तहको जवाफदेहीता अभिवृद्धी परियोजना (स्ल्यास परियोजना ) अन्र्तगत कमलामाई न।पा। को वडा नम्वर १३ मा हिजो समिक्षा तथा समन्वय भेला सम्पन्न भएको छ । यस स्ल्यास परियोजनाको मूख्य उद्देश्य भनेको स्थानिय तहमा युवावर्गलाई अधिकार र कर्तव्य प्रति जागरुक र पैरवी गर्न सक्षम वनाउनु हो । यस परियोजनाले आफ्नो कार्यक्षेत्र रहेको यसै वडाका वडाध्यक्ष, वडा सदस्यहरु, प्रभात मा।वि।माथिल्लो रानिवासका शिक्षक, शहरी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य, विद्यालय तथा स्वास्थ्य संस्था व्यवस्थापन समितीका प्रतिनिधिहरुलाई सरोकारवालाका रुपमा आमन्त्रण गरेको…
Read More
गर्मी बढेपछि कमलामाई विद्यालय एक साता बन्द गरिने

गर्मी बढेपछि कमलामाई विद्यालय एक साता बन्द गरिने

सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बिहिबार देखि आगामी असार ५ गतेसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । कमलामाई नगरपालिकाकी कार्यबाहक नगर प्रमुख मन्जु देबकोटाका अनुसार नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु बिहिबार देखी आगामी बुधबारसम्म बन्द गरिने छ । हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्नहुन सबै विद्यालयहरुमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा…
Read More
विश्व बालश्रम विरुद्ध दिवसमा भगवती बाल क्लवको प्रभातफेरी

विश्व बालश्रम विरुद्ध दिवसमा भगवती बाल क्लवको प्रभातफेरी

सिन्धुली । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरीको आयोजना गरिएको छ । जुन १२ अर्थात बुधबार भगवती बाल क्लवको आयोजनामा विद्यार्थीहरुले सिन्धुलीमाढीमा प्रभातफेरीको आयोजना गरेका हुन् । ‘बालश्रम विरुद्धको हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध रहौँ’ भन्ने मुल नाराका साथ सिन्धुलीको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालय अन्तरगतका भगवती बाल क्लवले जनचेतनामूलक प्ले कार्ड सहित प्रभात फेरी एवम कोण सभाको आयोजना गरेको हो । कमलामाई नगरपालिका ६, २नम्बर बजार स्थित विद्यालय प्राङ्गणबाट शुरु भएको प्रभात फेरी कार्यक्रम सिन्धुलीको मुख्य बजार हुँदै कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले बाल श्रमको प्रयोग अपराध हो, बालमैत्री साशन…
Read More