सिन्धुली । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस नेपाल ) ले संचालन गरेको युवा आवद्धता द्वारा स्थानिय तहको जवाफदेहीता अभिवृद्धी परियोजना (स्ल्यास परियोजना ) अन्र्तगत कमलामाई न।पा। को वडा नम्वर १३ मा हिजो समिक्षा तथा समन्वय भेला सम्पन्न भएको छ । यस स्ल्यास परियोजनाको मूख्य उद्देश्य भनेको स्थानिय तहमा युवावर्गलाई अधिकार र कर्तव्य प्रति जागरुक र पैरवी गर्न सक्षम वनाउनु हो ।
यस परियोजनाले आफ्नो कार्यक्षेत्र रहेको यसै वडाका वडाध्यक्ष, वडा सदस्यहरु, प्रभात मा।वि।माथिल्लो रानिवासका शिक्षक, शहरी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य, विद्यालय तथा स्वास्थ्य संस्था व्यवस्थापन समितीका प्रतिनिधिहरुलाई सरोकारवालाका रुपमा आमन्त्रण गरेको थियो । संस्थाको गतिविधि वारे वोल्दै हेण्डस नेपालका अध्यक्ष वासुदेव अधिकारीले समाजसेवाका हकमा संस्था सदैव तत्पर र तयार रहने तथा थप कामका लागि स्थानिय सरकार सँग आधा आधा साझेदारीमा काम गर्न तयार रहेको विचार व्यक्त गर्नु भयो । यसै सन्दर्भमा नगरकार्यपालिकाका सदस्य देवी देवकोटाले महिला जागरणका कार्यक्रम प्रस्ताव गर्नुभयो । कार्यक्रमको सन्दर्भमा प्लान इन्टरनेशनल नेपाल सिन्धुलीका प्रतिनिधि सन्तोष थापाले प्लान इन्टरनेशनल सदैव विकासको सामmेदारको रुपमा सहयोग गर्न उद्यत रहेको वताउनु भयो ।
कार्यक्रममा प्रभात मा।वि। माथिल्लो रानिवासका सहायक प्र।अ। मीनराज वरालले सुरक्षित विद्यालयको लागि राजमार्ग सुरक्षाका लागि प्लान इन्टरनेसनल तथा हेण्डस नेपाललाई राजमार्ग सुरक्षा कार्यक्रम प्रस्ताव समेत गर्नुभयो । कार्यक्रमको समापन गर्दे वडाध्यक्ष केशर वहादुर कार्कीले सुरक्षित विद्यालयका लागि सहयोगी निकायले सहयोग गर्न आँटेमा आफू सदैव तयार रहेको वताउनु भयो । यसका लागि राजमार्ग सुचक चिन्ह तथा सीसीटिभीको प्रवन्ध गरिदिनुहुन सवै सहयोगी मनहरुलाई समेत आग्रह गर्नुभएको थियो । कार्यक्रमको संचालन परियोजनाकी युवा आवद्धता अधिकृत सदिच्छा न्यौपानेले गरेकी थिइन ।




