Sindhul Dainik

सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपंक्षी

Advertisement

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ५७ हजार ८ सय ९४ वटा घरपुलुवा पशुपंक्षी रहेको पाइएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको कृषि मत्स्य तथा पशु तथ्यांक २०८१ अनुसार गाउँपालिकामा गाई, भैंसी, बाख्रा, कुखुरा, सुंगुर, परेवा लगायतका घर पालुवा पशुपंक्षिहरुको संख्या ५७ हजार ८ सय ९४ रहेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार घ्याङलेखका १ देखि ५ नम्बर वडामा सबैभन्दा धेरै बाख्रा पालन गर्ने गरिएको पाइएको छ । पालिकामा किसानहरुले ३२ हजार १ सय ३६ वटा बाख्रा पालेका छन । १७ हजार ६ सय ४३ वटा स्थानीय कुखुरा रहेका छन ।
‘पालिकामा ५ हजार ४ सय २६ वटा भैंसी र २ हजार २ सय ७५ वटा गाई पालन गरिएको पाइएको छ,’ प्याकुरेलले भने ।
२ सय ३५ वटा बंगुर, १ सय ७५ वटा परेवा र ४ वटा टर्की रहेका छन । २ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको छ भने १ हजार २८ घार मौरी पालन गरिएको छ ।
यस्तै गाउँपालिकाका कृषि विकास शाखा प्रमुख छिरिङ दोर्जे लामाका अनुसार घ्याङलेखमा २ सय ७४ दशमलव १ हेक्टरमा धान, १ हजार १ सय ८० हेक्टरमा मकै र १ हजार ९ सय ८५ हेक्टरमा तरकारी खेति गर्ने गरिएको तथ्यांकले देखाएको छ ।
घ्याङलेख गाउँपालिका कृषि तथा पशु पालनमा लागि उपयुक्त मानिन्छ । यस क्षेत्रमा जुनार, सुन्तलता र कागती खेति गर्ने किसानहरु समेत प्रसस्त रहेको पाइएको छ ।
पालिकामा १६ हजार ४ सय ३६ बोट कागती, १ हजार ७ सय ७९ बोट जुनार र ९ सय ९४बोट सुन्तला खेति गरिएको छ ।
यस्तै अलैंचि, केरा, कफि, चिया, अनार लगायतका खेति समेत घ्याङलेख गाउँपालिकामा गर्ने गरिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...