Sindhul Dainik

Day: २०८१ असार १२, बुधबार

सुनकोसीमा एक घर एक करेसाबारी कार्यक्रम : किसानलाई कृषि यन्त्र वितरण

सुनकोसीमा एक घर एक करेसाबारी कार्यक्रम : किसानलाई कृषि यन्त्र वितरण

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपलिकामा एक घर एक करेसाबारी कार्यक्रम संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तरगत गाउँपालिकाले बुधबार पालिकाका विभिन्न वडाका ७० जना कृषकहरुलाई तरकारीको बिउ विजन, प्राङ्गारीक मल, गार्डेन पाईप, हजारी, ५ सय लिटरको टंकी, कुटो लगायतका कृषि सामाग्री वितरण गरिएको छ । यस्तै १८ जना कृषकहरुलाई कृषि यान्त्रीकरण मिनिटेलर वितरण गरिएको हो । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा उक्त कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुरथ बसेलले जानकारी दिए । कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष…
Read More
सुनकोसीको खनियाखर्कका ५२ घरमा खानेपानी धारा

सुनकोसीको खनियाखर्कका ५२ घरमा खानेपानी धारा

सिन्धुली । सुख्ख क्षेत्रका कारण खानेपानीको समस्या झेल्दै आएका सुनकोसी गाउँपालिका ५ खनियाखर्कमा घरघरमै पानीको धारा झरेपछि स्थानीय दंग परे । सुनकोसी गाउँपालिका, साझेदार संस्था नेवा र स्थानीयको श्रमदानमा टंकी र घरघरमा निर्माण गरिएको धारामा पानी झरेपछि स्थानीय दंक परेका हुन । गाउँपालिकाको १६ लाख दुई हजार ९ सय १८ रुपैयाँ, नेवाको २६ लाख ४६ हजार ३ सय १८ रुपैयाँ र स्थानीय श्रमदान १४ लाख ९८ हजार ७ सय ५२ रुपैयाँ गरी कुल ५७ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ उक्त धाराहरु निर्माण गरिएको हो । बुधबार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा…
Read More
गोलन्जोरमा बजेट ५७ करोड ४ लाख, कृषि र फलफुलमा आत्मनिर्भर बनाइने

गोलन्जोरमा बजेट ५७ करोड ४ लाख, कृषि र फलफुलमा आत्मनिर्भर बनाइने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको…
Read More
मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

स्थानीय सरकारको निति तथा कार्यक्रम : सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक…
Read More
सिन्धुलीका पालिकाको बजेट ६ अर्ब ८२ करोड

सिन्धुलीका पालिकाको बजेट ६ अर्ब ८२ करोड

सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड…
Read More
सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपंक्षी

सिन्धुलीको घ्याङलेखमा ५७ हजार ८९४ पशुपंक्षी

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ५७ हजार ८ सय ९४ वटा घरपुलुवा पशुपंक्षी रहेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक गरेको कृषि मत्स्य तथा पशु तथ्यांक २०८१ अनुसार गाउँपालिकामा गाई, भैंसी, बाख्रा, कुखुरा, सुंगुर, परेवा लगायतका घर पालुवा पशुपंक्षिहरुको संख्या ५७ हजार ८ सय ९४ रहेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार घ्याङलेखका १ देखि ५ नम्बर वडामा सबैभन्दा धेरै बाख्रा पालन गर्ने गरिएको पाइएको छ । पालिकामा किसानहरुले ३२ हजार १ सय ३६ वटा बाख्रा पालेका छन । १७ हजार ६ सय ४३ वटा स्थानीय कुखुरा रहेका छन । ‘पालिकामा ५ हजार ४ सय २६ वटा भैंसी…
Read More