Sindhul Dainik

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

Advertisement

स्थानीय सरकारको निति तथा कार्यक्रम :
सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए ।
अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ ।
‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता दिईने छ । गणतन्त्र सेनानी पूर्वजनमुक्ती सेनालाई सम्मान र आजिवन स्वास्थ्य विमाको कार्यक्रम लागु गरिने छ । नागरिकलाई स्थानीय सरकार प्रति अपनत्व बोध गराउन हामिले यस्ता कार्यक्रमहरु ल्याएका हौं,’ अध्यक्ष मोक्तानले भने ।
यस अघि एकल पुरुष भत्ता वितरण, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा निःशुल्क स्वास्थ्य बीमा, छोरी जन्माउनेलाई प्रोत्साहन, स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने महिलालाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रम गर्दै आएको पालिकाले आगामी आर्थिक वर्षपनि निरन्तरता दिने घोषणा गरेको छ ।
आवासीय छात्रावास कार्यक्रम, अनाथ, असहाय एवं द्धन्द्धपीडित छात्रावृत्ति लगायत गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई अघि सारिएको छ ।
गौरीशंकर मावि जयमंगलाई सहिद शेरमान कुँवर स्मृति मावि नामाकरण गर्नुका साथै माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग करेसाबारी कार्यक्रम संचालन गर्ने बताइएको छ ।

कृषि उत्पादनलाई बृद्धि गर्न सवसिटी अनुदानको व्यवस्था गर्ने जनाइएको छ । यस्तै जैविक विविधता संरक्षण, वृक्षारोपण, हरित उद्यान, नर्सरी स्थापना तथा जैबिकफलफूल खेति प्रवद्र्धन, नवीकरणीय उर्जा प्रविधिहरु प्रवद्र्धन, वन तथा वतावरण संरक्षण, लगायतका जलवायु अनुकुलन तथा समुत्थानका कार्यक्रमहरु संचालनमा गरिने छ ।
कुल ६३ करोड ८० लाख ६३ हजार ८० सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको मरिण गाउँपालिकाले सव बाहन र बारुण यन्त्रको व्यवस्थापन गर्ने समेत उल्लेख गरेको छ ।
गाउँपालिकाले पर्यटनलाई बहुआयामिक पक्षहरुसँग जोडी एक वडा एक पर्यटन क्षेत्र निर्माणमा विशेष पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । सडक, खानेपानी, सिंचाई लगायतका पूर्वाधार विकासमा समेत उत्तिकै योजना र बजेट व्यवस्थापन गरिएको अध्यक्ष मोक्तानको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...