सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान गरी जम्मा ६ करोड ७९ लाख ३ हजार आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै राजश्व बाँडफाँड तर्फ संघिय सरकार र प्रदेश सरकारबाट १२ करोड६८ लाख ७५ हजार ८ सय ५० रुपैयाँ र आन्तरिक आय तर्फ ४ करोड ५१ लाख २६ हजार ६ सय ५० सहित कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट अनुमानित गरिएको उपाध्यक्ष न्यौपानेले बताए ।



