Sindhul Dainik

सुनकोसीको खनियाखर्कका ५२ घरमा खानेपानी धारा

Advertisement

सिन्धुली । सुख्ख क्षेत्रका कारण खानेपानीको समस्या झेल्दै आएका सुनकोसी गाउँपालिका ५ खनियाखर्कमा घरघरमै पानीको धारा झरेपछि स्थानीय दंग परे ।
सुनकोसी गाउँपालिका, साझेदार संस्था नेवा र स्थानीयको श्रमदानमा टंकी र घरघरमा निर्माण गरिएको धारामा पानी झरेपछि स्थानीय दंक परेका हुन ।
गाउँपालिकाको १६ लाख दुई हजार ९ सय १८ रुपैयाँ, नेवाको २६ लाख ४६ हजार ३ सय १८ रुपैयाँ र स्थानीय श्रमदान १४ लाख ९८ हजार ७ सय ५२ रुपैयाँ गरी कुल ५७ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ उक्त धाराहरु निर्माण गरिएको हो ।
बुधबार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा एक समारोहका विच उक्त धाराहरुमा खानेपानी संचालन गरिएको हो ।
उक्त आयोजना अन्तरगत ५१ वटा व्यक्तिगत धारा, एक वटा विद्यालयमा सार्वजनिक धारा, एक वठा इन्टेक, होरिडोन्टल राफिङ फिल्टर एक वटा, स्लो सेण्ड राफिङ फिल्टर एक वटा, फेरोसिमेन्ट डिटीआरथिटी ४ वटा, आरभिटि एक वटा र स्टोन मेसिनरी डिटी एक वटा निर्माण गरिएको छ ।
सफा र स्वच्छ समुदाय घोषणा तथा खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नु हुँदै सांसद दाहालले स्थानीय सरकार, स्थानीय बासिन्दा र दातृनिकायको सहयोगमा घरघरमा खानेपानीको पहुँच पु¥याउन सफल भएको बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दाहाल, गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, वडा नम्बर ५ का वडा अध्यक्ष सुरथ बसेल लगायतको उपस्थिती रहेको थियो ।
घरघरमा खानेपानीको धारा संचालनमा आएपछि स्थानीय खुसी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...