Sindhul Dainik

दुधौलीमा ३५ जना कांग्रेस एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश

Advertisement

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका ११ लवाहमा ३५ जनाले कांग्रेस र एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजन दाहालले नवप्रवेशीहरुलाई माओवादी केन्द्रमा स्वागत गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्रका स्थानीय नेता अनिल दियालीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्ने स्थानीय नेताहरुलाई माननिय दाहालले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका कार्यालय सचिव रामजी काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार नेपाली कांग्रेस र एमाले पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा सन्जे कुमर, दिपक कुमर, करण कुमर, सम्भु कुमर, दिवस कुमर, सागर कुमर, विशाल कुमर, रितिक कुमर, विशाल अधिकारी, हेम अधिकारी, भुवन अधिकारी, सेखर अधिकारी, प्रकाश अधिकारी, दिपेन कुमर, आशिक कुमर छन् ।
यस्तै राहुल कुमर, जिवश कुमर, किरण अधिकारी, विकेश अधिकारी, अखिल अधिकारी, सुनिल कुमर, डम्बर बहादुर मंग्राती, रामचन्द्र अधिकारी, काले सदा, श्रीदेवी अधिकारी, हेमकुमारी सदा, कल्पना अधिकारी, प्रमेश्वर अधिकारी, मानसिं अधिकारी, मंगल अधिकारी, कमलवती सदा, रामखेतन कुमर र मन्जु कुमर लगायत रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य पुकार न्यौपाने, प्रदेश सदस्य घनश्याम बस्नेत, नेता केपी पोखरेल, लगायत जिल्ला तह र दुधौली नगरपालिका कमिटिका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...