सिन्धुली । सिन्धुली प्रहरीले जिल्लामा पहिलो पटक लागु पदार्थ सेवन परिक्षण सुरु गरेको छ । बनेपा–सिन्धुली–बर्दीवास (विपी) राजमार्गमा संचालन हुने सवारी साधनका चालक र सहचालकहरुले लागु औषध तथा मादक पदार्थ सेवन गरेको नगरेको परिक्षण सुरु गरिएको हो । शुक्रबारबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा लागुऔषध सेवन परिक्षण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवाल जानकारी दिए । राजमार्गमा संचालन हुने सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको माध्यमबाट लागु पदार्थ ओसारपसार कार्यलाई रोकथाम गर्ने उद्धेश्य अनुरुप कमलामाई ९…
सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(१ बालुवामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही चक्रघट्टा गाउँपालिका(५ का ३५ वर्षीय गणेश राय रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमााडौं जाँदै गरेको रायले चलाएको प्रदेश २–०३–००६प–३७५५ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१च–०४८७ नम्बरको भ्यानले ठक्कर दिएको थियो । रायको धुलिखेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार घाइते ३३ वर्षीय धीरेन्द्र ठाकुरको उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका ११ लवाहमा ३५ जनाले कांग्रेस र एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य राजन दाहालले नवप्रवेशीहरुलाई माओवादी केन्द्रमा स्वागत गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका स्थानीय नेता अनिल दियालीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्ने स्थानीय नेताहरुलाई माननिय दाहालले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका कार्यालय सचिव रामजी काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार नेपाली कांग्रेस र एमाले पार्टी परित्याग गर्दै माओवादी…
सिन्धुली । सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अबैध सामानहरु ओसार पसार गर्ने म.प्र.०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाही जिल्लाबाट विपी राजमार्ग हुँदै काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रक भित्र बिल बिजक भन्दा अतिरिक्त र अबैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो । काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरो चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११…