सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(१ बालुवामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही चक्रघट्टा गाउँपालिका(५ का ३५ वर्षीय गणेश राय रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमााडौं जाँदै गरेको रायले चलाएको प्रदेश २–०३–००६प–३७५५ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१च–०४८७ नम्बरको भ्यानले ठक्कर दिएको थियो ।
रायको धुलिखेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार घाइते ३३ वर्षीय धीरेन्द्र ठाकुरको उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।



