सिन्धुली । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट–घुर्मि खण्ड अबरुद्ध भएको छ ।
मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भिरमा अबिरल बर्षाका कारण आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण सडक अबरुद्ध भएको हो ।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार बिहिबार बिहान पौने ६ बजेदेखि सडक अबरुद्ध भएको हो ।
सडक माथिबाट आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण दुबैतर्फीको सडक अबरुद्ध भएको छ । अबरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगि सकेको प्रहरी प्रमुख काफ्लेको भनाई छ ।
सडक अबरुद्ध हुदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाण्डौ हिडेका सबारी साधन र राजधानीबाट ती जिल्लामा आएका सबारी साधन बीच बाटोमा नै रोकिएर अलपत्र परेका स्थानीयले बताएका छन् ।



