सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् । गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै…
३१ साउन, सिन्धुली । पहिरो र ढुंगामुढा सहित आएको लेदोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग संचालनमा आएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलोन्जर गाउँपालिका ६ अक्करे भिरमा बिहान पौने छ बजे देखी पहिरो र ढुंगा माटो सहितको लेदोको कारण अवरुद्ध सडक अहिले संचालनमा आएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार पहिरो पन्छाईएपछि राजमार्ग दुईतर्फी नै संचालनमा आएको हो ।
३१ साउन, सिन्धुली । सिन्धुलीमा बिहिबार विहान बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । गोलञ्जोर गाउँपालिकास्थित नाकाजोलीबाट सिन्धुलीमाडी बजारतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको हो । बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका–६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । दुर्घटनापछि अवरुद्ध भएको विपी राजमार्ग आधा घण्टापछि पुनःसुचारु भएको थियो ।
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ नेत्रकाली बेलबोटमा नवनिर्मित स्वास्थ्य चौकी (वर्थिङ्ग सेन्टर) भवनको उद्घाटन गरिएको छ । अति दुर्गम मानिने उक्त क्षेत्र लामो समयको प्रतिक्षा पछि निर्माण सम्पन्न भवनको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरे । स्वास्थ चौकीका लागि आवश्यक उपकरण र कर्मचारी दबन्दीका विषयमा संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने दाहालले प्रतिबद्धता जनाए । ‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व…
सिन्धुली । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट–घुर्मि खण्ड अबरुद्ध भएको छ । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भिरमा अबिरल बर्षाका कारण आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण सडक अबरुद्ध भएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार बिहिबार बिहान पौने ६ बजेदेखि सडक अबरुद्ध भएको हो । सडक माथिबाट आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण दुबैतर्फीको सडक अबरुद्ध भएको छ । अबरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगि सकेको प्रहरी प्रमुख काफ्लेको भनाई छ । सडक अबरुद्ध हुदा पहाडी जिल्लाहरु खोटाङ,…