Sindhul Dainik

नेत्रकाली स्वास्थ्य चौकी भवनको माननिय दाहालद्धारा उद्घाटन

Advertisement

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ नेत्रकाली बेलबोटमा नवनिर्मित स्वास्थ्य चौकी (वर्थिङ्ग सेन्टर) भवनको उद्घाटन गरिएको छ ।
अति दुर्गम मानिने उक्त क्षेत्र लामो समयको प्रतिक्षा पछि निर्माण सम्पन्न भवनको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरे ।
स्वास्थ चौकीका लागि आवश्यक उपकरण र कर्मचारी दबन्दीका विषयमा संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने दाहालले प्रतिबद्धता जनाए ।
‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व हो । संघीय सरकारमा यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।
घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले विकास निर्माणमा जनप्रतिनिधिहरु एक ढिक्का भएर अगाडी बढ्न नसक्दा समस्या हुने गरेको बताए ।
उनले राजनितिक दलहरु प्रति लक्षित गर्दै भने, ‘विकासका कुरामा एक हुनपर्छ । कोहि उत्तर फर्किने कोहि दक्षिण फर्किने भयो भने विकास हुन सक्दैन, त्यस कारण दक्षिण फर्कदा पनि एकैचोटि फर्किनु पर्छ । उत्तर फर्कदा पनि एकैचोटि फर्किनु पर्छ अनि मात्र विकास सम्भव छ,’ अध्यक्ष भोलनले भने ।
अध्यक्ष भोलनले सिन्धुली जिल्लाकै विकट गाउँपालिका भएको सबै तहका सरकारले विकास निर्माणमा प्राथमिकतामा राख्नुपर्ने बताउँदै सांसद दाहाललाई प्राथमिक क्षेत्रका रुपमा राखिदिन आग्रह गरे ।
गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले घ्याङलेख गाउँपालिकाको ५ वटा वडाको स्वास्थ्य चौकीमध्ये सबैभन्दा पहिलो पटक ४ नम्बर वडालाई बजेट परेपनि जमिनको अभावको कारण अन्य वडामा भवन बनिसक्दा पनि भवन निर्माणमा समस्या भएको गुनासो राखे ।
भवन निर्माणमा आफैले लगातार अनुगमन गरेपनि निर्माण व्यवसायीले लापरबाहि गरेको उपाध्यक्ष घलानको भनाई ।
नवनिर्मित स्वास्थ्य चौकी भवनबाट गणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले अधिकतम पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलको भनाई छ । गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार गाउँपालिका स्तरीय एमविविएस डाक्टर नियुक्ति गरेर सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिएको उनले जनाए ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको १ करो २२ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो ।
स्वास्थ्य चौकी भवन निर्माण भएपनि स्वास्थ्य उपकरण भने नभएको अस्पतालका इन्चार्ज रामनाथ मण्डलको गुनासो छ ।
अस्पतालमा सिअहेव १, हेल्थ असिष्टेण्ट १, अनमि ३ र कार्यालय सहयोगी कार्यरत रहेका छन् ।
स्वास्थ्य चौकीमा एउटा मात्र बेड भएको, वर्थिङ्ग सेन्टर समेत भएको स्वास्थ्य चौकीमा डेलिभरी वेड नभएको, इस्टुमेन्ट, ल्यावको अभाव भएको मण्डलको गुनासो छ । स्वास्थ्य चौकीमा घ्याङलेख गाउँपलिका ३ र ४ का आहाले, भोटथुम, सुब्बाडाँडा, जुरे, केराबारी, कालिखोला, गोपे, गोठडाँडा र सिखरपुरबाट उपचारका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...