३१ साउन, सिन्धुली । सिन्धुलीमा बिहिबार विहान बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
गोलञ्जोर गाउँपालिकास्थित नाकाजोलीबाट सिन्धुलीमाडी बजारतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको हो ।
बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका–६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनापछि अवरुद्ध भएको विपी राजमार्ग आधा घण्टापछि पुनःसुचारु भएको थियो ।



