Sindhul Dainik

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्यसहित तीन जनाको मृत्यु

Advertisement

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् ।

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् ।

गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै गरेको तरकारी तथा खाद्यान ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो सडकमै पल्टिएको थियो । दुर्घटनाका पाँच जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...