Sindhul Dainik

न्यू सिद्धस्थली युवा क्लब रातमाटाद्धारा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Advertisement

३२ साउन, सिन्धुली । न्यू सिद्धस्थली युवा क्लब सिन्धुलीको आयोजनामा साउन २९ गते देखि सुरु भएको खुुला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा सबै खेलहरु मेन्स डबल अन्तर्गत रहेको थियो । प्रतियोगिताको फाइनल खेल शुक्रराज थिङ्ग र निरज गुरुङ्गको जोडिसंग शंकर दियाली र शिव खत्रीको जोडिबीच भएको थियो जसमा थिङ्गको जोडिले  २–० को साझो सेटमा आफ्ना प्रतिद्धन्दिलाई पराजित गरेका थिए । त्यसैगरी सोम श्रेष्ठ र दिपक पोखरेल तथा विष्णु ढुङ्गेल र रवि पुलामीको जोडिलाई संयुक्त तृतीय घोषणा गरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल कमलामाई नगरपालीका–६, रातमाटामा भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले रु.२०,००० नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । प्रतियोगिताका द्धितीय तथा तृतीय हुनेले क्रमशः नगद रु.१०,०००, रु.२५०० प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन ।

विजयी हुने खेलाडिहरुलाई कमलामाई नगरपालीका वडा नंं–६ का वडा अध्यक्ष उज्वल थापाले नगद, प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए । साथै सहयोगि दाताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला ब्याडमिनटन संघका अध्यक्ष दिपेन्द्रध्वज बस्नेत, सचिव सोम श्रेष्ठ, कमलामाई नगरपालीकाका कार्यपालीका सदस्य राजन भुजेल, समाजसेवी गोकर्ण सुवेदी, लेखबहादुर थापा, प्रदेश युवा परिषद सिन्धुलीका अध्यक्ष हेम कार्की लगायत उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतियोगितामा ३८ वटा टिमका ७६ जनाले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...