सिन्धुली । सिन्धुली प्रहरीले ठुलो क्षेत्रफलमा लगाइएको अबैध गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा ८ कठ्ठा दश धुर क्षेत्रफलमा लगाइएको गाँजाको व्याड र वेर्ना नष्ट गरिएको हो । ‘इलाका प्रहरी कार्यालय मरिणबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर, वन्चरेडाँडा लगायतका विभिन्न स्थानहरुमा अन्दाजी ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड, वेर्नाहरु फेला पारी नष्ट गरिएको छ,’ काफ्लेले भने । प्रहरीका अनुसार अबैध गाँजा खेति गर्नेहरुभने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि खुल्ला बहस गरिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको सन्दर्भमा विद्यार्थी संगठनको आयोजनामा गुणस्तरिय शिक्षाका लागि बहस गरिएको हो । शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मरिण गाउँकमिटिको आयोजनामा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा खुल्ला बहस गरिएको हो । कार्यक्रममा संघिय सांसद, मरिण गाउँपालिकाका अध्यक्ष, शिक्षा शाखा प्रमुख, राजनितिक दल, विद्यार्थी संगठन तथा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले सामुदायिक विद्यालयमा शैक्षिक सुधार हुन नसक्नुमा मुख्यकारण ५३ वर्ष पुरानो शिक्षा ऐन भएको बताए । ‘हामी अहिले…
३२ साउन, सिन्धुली । न्यू सिद्धस्थली युवा क्लब सिन्धुलीको आयोजनामा साउन २९ गते देखि सुरु भएको खुुला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा सबै खेलहरु मेन्स डबल अन्तर्गत रहेको थियो । प्रतियोगिताको फाइनल खेल शुक्रराज थिङ्ग र निरज गुरुङ्गको जोडिसंग शंकर दियाली र शिव खत्रीको जोडिबीच भएको थियो जसमा थिङ्गको जोडिले २–० को साझो सेटमा आफ्ना प्रतिद्धन्दिलाई पराजित गरेका थिए । त्यसैगरी सोम श्रेष्ठ र दिपक पोखरेल तथा विष्णु ढुङ्गेल र रवि पुलामीको जोडिलाई संयुक्त तृतीय घोषणा गरिएको थियो । प्रतियोगिताको फाइनल खेल कमलामाई नगरपालीका–६, रातमाटामा भएको…