सिन्धुली । सिन्धुली प्रहरीले ठुलो क्षेत्रफलमा लगाइएको अबैध गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा ८ कठ्ठा दश धुर क्षेत्रफलमा लगाइएको गाँजाको व्याड र वेर्ना नष्ट गरिएको हो ।
‘इलाका प्रहरी कार्यालय मरिणबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर, वन्चरेडाँडा लगायतका विभिन्न स्थानहरुमा अन्दाजी ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड, वेर्नाहरु फेला पारी नष्ट गरिएको छ,’ काफ्लेले भने ।
प्रहरीका अनुसार अबैध गाँजा खेति गर्नेहरुभने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा लिएर भारतीय व्यवसायीहरुले अबैधरुपमा गाँजा खेति गर्दै आएको पाइएको छ ।
यस अघि पनि सिन्धुली प्रहरीले ठुलो परिमाणमा अबैध गाँजा नियन्त्रण तथा नष्ट गर्दै आएको छ ।



