Skip to main content

Sindhul Dainik

मावि मरिण खयरसालमा अक्षयकोष स्थापना (सहयोगीको नाम सहित)

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले अक्षयकोष स्थापनाको कामलाई तिव्रता दिएको छ ।
पहिलो चरणमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालयमा सहयोगीदाताहरुको संख्या समेत बढ्दै गएको छ । विद्यालयले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको केही दिनमै ५७ संख्यामा सहयोग गर्ने दाताहरुबाट ४ लाख रुपैयाँ बढी रकम संकलन भएको छ ।
विद्यालयका प्रधनध्यापक मानध्वज बम्जनका अनुसार अक्षयकोष स्थापनार्थ हालसम्म ५७ जनाबाट रकम प्राप्त भएको छ ।
विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ ।
श्री माध्यमिक विद्यालय मरिण खयरसालले विद्यालयले आगामी फागुन २२ गते बिहिबारका दिन विद्यालयको ६१ औं स्थापना दिवस मनाउने तयारी गरेको हो ।
प्रधानाध्यापक मानध्वज बम्जनका अनुसार विद्यालयको वार्षिक उत्सवको दिन पारेर विद्यालयले ऐतिहासिक स्मारिका समेत प्रकाशन गर्ने र अक्षयकोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम समेत उक्त स्मारिकामा उल्लेख गर्ने तयारी गरिएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुने मावि मरिण खयरसाल २०२० सालमा स्थापना भएको विद्यालय हो ।
मरिण गाउँपालिकाकै नमुना विद्यालयका रुपमा विकास गरिँदै लगिएको उक्त विद्यालयमा अधिकांस आदिवासी जनजाती तथा दलित समुदायका बालबालिकाहरु अध्ययनरत छन् ।
उनिहरुको शैक्षिक विकास र विद्यालयको भौतिक पूर्वाधार तथा प्रशासन व्यवस्थापनमा विद्यालय सक्रिय रहेको छ ।
विद्यालयको बृहत्तर हितका लागि हालैमात्र अक्षय कोष स्थापना गर्ने निर्णय गरिएको थियो । विद्यालयको उक्त निर्णय र सार्वजनिक रुपमा सहयोगका लागि गरिएको आह्वान अनुसार विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, पूर्व शिक्षक, विद्यालयका पूर्व विद्यार्थीहरु, समाजसेवी, राजनितिकदल तथा सर्वसाधरणले स्वतस्फूर्त विद्यालयको अक्षय कोषमा रकम जम्मा गरिरहेका छन् ।
प्रधानाध्यापक मानध्वज बम्जनका अनुसार हालसम्म ३४ जनाबाट ३ लाख रुपैयाँबढी रकम अक्षयकोषमा जम्मा भाईसकेको छ । अक्षय कोषमा न्युनतम ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । त्यसभन्दाबढी आफ्नो स्वेच्छिक रहने छ ।
विद्यालयले दश लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको भनाई रहेको छ ।
‘हामिले माध्यमिक विद्यालय मरिण खयरसालमा अक्षय कोष स्थापनार्थ केही समय अगाडि सामाजिक सञ्जालमा गरिएको अपिललाई स्वीकार गरि सकेको सहयोग गर्नुहुने शिक्षाप्रेमी बुद्धिजीवी महानुभाबहरु धेरै हुनुहुन्छ । उहाँहरुप्रति प्रति विद्यालय परिबार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यो सहयोग जम्मा हुने क्रम अझै जारी छ । दाताहरुको नाम विद्यालयले यही फाल्गुन २२ गते वार्षिकोत्सबको अबसरमा बिमोचन हुने गरि तयार पारिएको स्मारीकामा समेत उल्लेख गर्ने तयारी गरिएको छ,’ अध्यक्ष स्याङ्तानले भन्नुभयो ।
विद्यालयले सोही दिन दाताहरुलाई सम्मान कार्यक्रम समेत राखेकोले आगामी फागुन १५ गतेसम्म अक्षय कोषमा सहयोग गर्नुहुनेहरुको नाम समावेस गरिने अध्यक्ष स्याङ्तानको भनाई छ । विद्यालयको अभियानमा हालसम्म अमुल्य सहयोग गर्नुहुनेहरुप्रति विद्यालयले आभार समेत व्यक्त गरेको । पहिलो चरणको अभियान भएकोले फागुन १५ गतेसम्म सहयोग गर्नुहुनेहरुको नाम स्मारीकामा उल्लेख गरिने छ । त्यस पश्चात पनि सहयोग लिने क्रम जारी रहने र उहाँहरुको नाम समेत आगामी कार्यक्रमहरुमा उल्लेख गर्दै सम्मान गरिने छ ।
उक्त विद्यालयले अक्षय कोषमा सहयोग गर्न चाहने दाताहरुले विद्यालयका अध्यक्ष टिकाराम स्याङ्तानको मोवाइल नम्बर ९८४४५५८२३३ र प्रधानाध्यापक मानध्वज बम्जनको मोवाइल नम्बर ९७४६४९५७५८ मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सकिने समेत उल्लेख गरेको छ ।
छात्राबृत्तिकोषमा सहयोग गर्नेहरुको नाम र रकम

१.मानध्वज बम्जन –२५५५५।–
२.लवाङदोर्जे थिङ –२५५५५।–
३.बुद्धिसिं स्याङ्तान –२५५५५।–
४.दिपक कुमार बम्जन–२५१०५।–
५.टिकाराम स्याङ्तान –१५५५६।–
६.कुमार जिम्वा –१५५५५।–
७. जित बहादुर काल्ताङ –१५०००।–
८. कमला सुनार –१११११।–
९. खिलप्रकाश मगर –१११११।–
१०. दिपेन्द्र मिश्र –१११११।–
११. राजकुमार श्रेष्ठ –१११११।–
१२. इन्द्रजंग थापा –१०५५५।–
१३. जसमान स्याङ्तान –१०१५५।–
१४. हुमन नेपाली –१००१८।–
१५. देबकुमार घिसिङ –१००००।–
१६. सुमन लो –१००००।–
१७. शिव माझी –१००००।–
१८. तेजबहादुर बम्जन –१००००।–
१९. सम्भु वाइबा –७७७७।–
२०. अच्यूतकुमार दाहाल –६६६६।–
२१. जगत प्रसाद पन्त –६६६६।–
२२. धनबहादुर साशंकर –६१०५।–
२३. असलमान थिङ –६००५।–
२४. विरबहादुर माझी –५६०५।–
२५. रामबाबु थापा –५५९९।–
२६. हरिबहादुर खड्का –५५७५ ।–
२७. गिता घिमिरे –५५५५।–
२८. नविन कुमार मण्डल –५५५५।
२९. ठाकुर फुयाँल –५५५५।–
३०. तिर्थराज सुयाँल –५५५५।–
३१. अप्सरा थापा –५५५५।–
३२. विसु तामाङ –५५५५।–
३३. सक्कली मैनाली –५५५५।–
३४. वर्षा कुश्वार माझी –५५५५।–
३५. संगिता परियार –५५५५।–
३६. सिता माझी –५५५५।–
३७. कृष्णहरी थापा –५५५५।–
३८. मान बहादुर नेपाली –५५५५।–
३९. राबहादुर कार्की –५५५५।–
४०. हरि सेन्चुरी –५५५५।–
४१. धनबहादुर माझी –५५५५।–
४२. पार्वती कार्की –५५५५।–
४३. राजेशचरण श्रेष्ठ –५५५५।–
४४. सुब्बासिं नेपाली –५५५५।–
४५. कुल बहादुर बम्जन –५५५५।–
४६.कृष्ण बहादुर थिङ –५५५५।–
४७. सुब्बासिंह बम्जन –५५५५।–
४८. शुसिल मोक्तान –५५५५।–
४९. चमन माझी –५५५१।–
५०. महेन्द्र मण्डल –५५५१।–
५१. ज्ञान बहादुर बम्जन –५५५०।–
५२. विना कुश्वार माझी –५०१५।–
५३. चमेली माझी –५०१५।–
५४. उदय कुमार शाह –५००५।–
५५. हर्कबहादुर माझी –५००५।–
५६. नवराज श्रेष्ठ –३५००।–
५७. संजिव कार्की –३५०५।–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...