सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुली जिल्लाका नांै वटा स्थानीय तहमध्ये सिन्धुलीको दुधौली नगरपालिका प्रथम र गोलन्जोर गाउँपालिका दोस्रो उत्कृष्ट पालिका भएका छन् । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै दुधौली नगरपालिका पहिलो र गोलन्जोर गाउँपालिका दोस्रो हुदै उत्कृष्ट ठहरिएका हुन । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २८०÷०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा दुधौली नगरपालिकाले ७३ दशमलव १ अंक सहित सिन्धुली जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । दुधौली नगरपालिका बागमती प्रदेश तर्फ नगरपालिकाहरुमा दोश्रो र बागमती प्रदेश तर्फ स्थानीय तहहरुमा ५ औं स्थानमा पर्न सफल भएकोमा दुधौली नगरपालिका…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले अक्षयकोष स्थापनाको कामलाई तिव्रता दिएको छ । पहिलो चरणमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालयमा सहयोगीदाताहरुको संख्या समेत बढ्दै गएको छ । विद्यालयले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको केही दिनमै ५७ संख्यामा सहयोग गर्ने दाताहरुबाट ४ लाख रुपैयाँ बढी रकम संकलन भएको छ । विद्यालयका प्रधनध्यापक मानध्वज बम्जनका अनुसार अक्षयकोष स्थापनार्थ हालसम्म ५७ जनाबाट रकम प्राप्त भएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ । श्री माध्यमिक विद्यालय मरिण…
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कपको उपाधि वडानम्बर पाँचले जितेको छ । हरिहरपुरगढी गाउँपालिकाको प्रायोजन तथा युवा तथा खेलकुद विकास समितिद्धारा आयोजित पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको हो । बिहिबार वडा नम्बर ८ र ५ नम्बर वडाबिच भएको फुटबल प्रतियोगितामा २–० गोल अन्तरले वडा नम्बर ५ विजयी भएको हो । विजेता तथा उपविजेता वडालाई हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा तथा वडाअध्यक्षहरु र गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थितीमा नगद, शिल््ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ ।
सिन्धुली । सिन्धुलीमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए । ‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै गौतमी गंगाको तटमा त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पती स्थलमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी फागुन ७ गते बुधबारबाट १५ गते बिहिबारसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको हो । शिवपुराण, स्कन्दपुराण, वृहद् विष्णुपुराण र वाल्मिकी रामायण आदी धर्मग्रन्थहरुमा वर्णन गरिएको १२ ज्योतिर्लिङ्ग मध्ये प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिङ्ग पवित्र गौमती तटमा विराजमान रहेको धार्मीक विश्वास छ । पृथ्वीका दुहादश ज्योतिर्लिङ्गंहरुमध्ये आठौं ज्यातिर्लगं त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग सास्त्रीय आधारका साथ उत्पती हुनुभएको थियो भन्ने विश्वासका साथ नेपालका प्रथम जगतगुरु बालशन्त मोहनसरण देवाचार्य महाराजश्रीगुरुले २०७६ साल मंसिर २४ गते उक्त स्थानमा त्रयम्बकेश्वर ज्योतिर्लिङ्गको…