Skip to main content

Sindhul Dainik

कार्यसम्पादन मूल्याङ्कन : सिन्धुलीको दुधौली नगर प्रथम, गोलन्जोर गाउँपालिका दोस्रो

Advertisement

सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सिन्धुली जिल्लाका नांै वटा स्थानीय तहमध्ये सिन्धुलीको दुधौली नगरपालिका प्रथम र गोलन्जोर गाउँपालिका दोस्रो उत्कृष्ट पालिका भएका छन् । निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै दुधौली नगरपालिका पहिलो र गोलन्जोर गाउँपालिका दोस्रो हुदै उत्कृष्ट ठहरिएका हुन ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २८०÷०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा दुधौली नगरपालिकाले ७३ दशमलव १ अंक सहित सिन्धुली जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ ।
दुधौली नगरपालिका बागमती प्रदेश तर्फ नगरपालिकाहरुमा दोश्रो र बागमती प्रदेश तर्फ स्थानीय तहहरुमा ५ औं स्थानमा पर्न सफल भएकोमा दुधौली नगरपालिका मेयर दिनेश अधिकारीले बताए ।

यस्तै गोलन्जोर गाउँपालिकाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २८०÷०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्यांकनमा ६९ दशमलव ६ अंक प्राप्त गरी सिन्धुली जिल्लाका स्थानीय तहहरुमध्ये दोस्रो भएको छ ।
जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिजा) मा ६५ अंक र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन एफआएमा ७१ दशमलव ५ अंक प्राप्त गरेको छ ।
यस्तै ६९ दशमलव ८ प्रतिशत अंकभार प्राप्त गर्दै जिल्लाको हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ भने ५९ दशमलव ८ प्रतिशत अंकभार प्राप्त गर्दै मरिण गाउँपालिका चौथो र ५८ दशमलव ८ प्रतिशत अंकभार प्राप्त गर्दै तीनपाटन गाउँपालिका पाँचौ भएका छन् । ५७ दशमलव ५ प्रतिशत अंकभार प्राप्त गरेर फिक्कल गाउँपालिका छैठौंै र ५५ दशमलव ६ प्रतिशत अंकभार प्राप्त गरेर कमालामाई नगरपालिका सातौंै स्थानमा परेको छ । घ्याङलेख गाउँपालिकाले ५४ दशमलव ७ अंक प्राप्त गरेको छ भने सुनकोशी गाउँपालिकाले ४९ दशमलव ३ प्रतिशत अंक ल्याएर सबैभन्दा अन्तिम स्थानमा परेको छ ।
यो मूल्यांकन गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा गरेका वित्तीय सुशासन र सदाचारको आधार गरिएको मुल्यांकन हो ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखा परीक्षण र राजस्व व्यवस्थापन लगायतका क्षेत्रलाई समेटेर अंकभार दिँदै मुल्यांकन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...