Skip to main content

Sindhul Dainik

मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका दलित समुदायका युवा युवतीलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको छ ।
मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा उनिहरुलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको हो ।

उनिहरुलाई तिन महिनासम्म कम्प्युटर सम्बन्धी आधारभुत सिप प्रदान गरिने छ । तालिममा मरिण गाउँपालिकाका २० जना दलित युवा युवतीको सहभागिता रहने छ । शुक्रबार पहिलो दिन १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्तीमा २० जनाको सहभागिता रहने मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले बताउँनुभयो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै अध्यक्ष मोक्तानले तालिमले दलित समुदायको युवा युवतीमा व्यक्तिगत क्षेमता अभिवृद्धिसंगै सिपले रोजगारसमेत बनाउँन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘हामीले यो तालिम समाजमा पछाडी पारिएका समुदयालाई समेत अन्य समुदायसंगै पहुँच राख्न सक्ने गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालनमा ल्याएका हौं । प्रविधिको विकाससंगै कम्प्युटरको सिकाईले उनिहरुको क्षेमता विकास र सिकेको सिपको सदुपयोग गरेर रोजगार बन्ने अवसर समेत प्रदान गर्दछ । हामी यस्ता कार्यक्रमलाई निरन्तर संचालन गर्ने छौं,’ उहाँले भन्नुभयो ।

मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले दलित समुदायको युवाहरूलाई सशक्त बनाउने दिशामा कम्प्युटर सम्बन्धी तालिम महत्वपूर्ण हुने बताउँनु भयो ।
‘आफैं पैसा तिरेर तालिम लिन नसक्नेहरुका लागि तालिमले डिजिटल पहुँच र दक्षतामा अभिवृद्धि गर्ने अपेक्षा गरेका छौं,’ उहाँले भन्नुभयो ।

तालिमको उद्घाटनमा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायत स्थानीय बुद्धिजीवीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...