Skip to main content

Sindhul Dainik

मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका दलित समुदायका युवा युवतीलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको छ ।
मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा उनिहरुलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको हो ।

उनिहरुलाई तिन महिनासम्म कम्प्युटर सम्बन्धी आधारभुत सिप प्रदान गरिने छ । तालिममा मरिण गाउँपालिकाका २० जना दलित युवा युवतीको सहभागिता रहने छ । शुक्रबार पहिलो दिन १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्तीमा २० जनाको सहभागिता रहने मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले बताउँनुभयो ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै अध्यक्ष मोक्तानले तालिमले दलित समुदायको युवा युवतीमा व्यक्तिगत क्षेमता अभिवृद्धिसंगै सिपले रोजगारसमेत बनाउँन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘हामीले यो तालिम समाजमा पछाडी पारिएका समुदयालाई समेत अन्य समुदायसंगै पहुँच राख्न सक्ने गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालनमा ल्याएका हौं । प्रविधिको विकाससंगै कम्प्युटरको सिकाईले उनिहरुको क्षेमता विकास र सिकेको सिपको सदुपयोग गरेर रोजगार बन्ने अवसर समेत प्रदान गर्दछ । हामी यस्ता कार्यक्रमलाई निरन्तर संचालन गर्ने छौं,’ उहाँले भन्नुभयो ।

मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले दलित समुदायको युवाहरूलाई सशक्त बनाउने दिशामा कम्प्युटर सम्बन्धी तालिम महत्वपूर्ण हुने बताउँनु भयो ।
‘आफैं पैसा तिरेर तालिम लिन नसक्नेहरुका लागि तालिमले डिजिटल पहुँच र दक्षतामा अभिवृद्धि गर्ने अपेक्षा गरेका छौं,’ उहाँले भन्नुभयो ।

तालिमको उद्घाटनमा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायत स्थानीय बुद्धिजीवीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...