Skip to main content

Sindhul Dainik

Day: २०८२ जेष्ठ १०, शुक्रबार

गोलन्जोरको मुर्की र थांग्रेगाउँका घरघरमा खानेपानीका धारा

गोलन्जोरको मुर्की र थांग्रेगाउँका घरघरमा खानेपानीका धारा

सिन्धुली  । शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ थांग्रेका भेषबहादुर बयलकोटीको मुहारमा खुसी छायो । दुर्गम र विकट गाउँ मुर्की र थाँक्रेगाउँका घरघरमा खानेपानीका धारा झेपछि बयलकोटीको मुहारमा खुसी छाएको हो । उहाँले खानेपानी अभाव हुँदा भोग्नु परेको अतित लाई सम्झंदै आफ्नै घरमै धारा निर्माण संगै पानी झरेपछि खुसी लागेको बताउँने भएको हो । गाउँका २१ घर दलित तथा विपन्नकोको आँगनमा स्वच्छ खानेपानीको धारा निर्माण गरेर शुक्रबार उद्घाटन गरिएपछि बयलकोटी जस्तै थांग्रेका स्थानीयमा खुसी छाएको हो । उनिहरु भन्छन्, ‘हाम्रो गाउँमा बल्ल नयाँ युगको सुरुवात भएको छ ।’ तिनै बयलकोटीको अध्यक्षतामा गठन गरिएको थांग्रे उपभोक्ता समितिले ७ महिना लगाएर निर्माण गरिएको…
Read More
मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका दलित समुदायका युवा युवतीलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा उनिहरुलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको हो । उनिहरुलाई तिन महिनासम्म कम्प्युटर सम्बन्धी आधारभुत सिप प्रदान गरिने छ । तालिममा मरिण गाउँपालिकाका २० जना दलित युवा युवतीको सहभागिता रहने छ । शुक्रबार पहिलो दिन १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्तीमा २० जनाको सहभागिता रहने मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले बताउँनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।…
Read More
रामेछापका भुजेलको शव सिन्धुलीमा फेला

रामेछापका भुजेलको शव सिन्धुलीमा फेला

सिन्धुली  । रामेछाप नगरपालिका ९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव सिन्धुलीमा भेटिएको छ । सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत जेठ ४ गते दिउँसो करिब सभा २ बजे माछा मार्न सुनकोसी नदी तर्फ गएका भुजेल वेपत्ता भएको थिए । गत आइतबारबाट वेपत्ता भएका भुजेलको शव ६ दिनमा सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ स्थित वलेनी घाट नजिकै सुनकोसी नदी किनारमा भेटिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए पछि…
Read More