Skip to main content

Sindhul Dainik

गोलन्जोरको मुर्की र थांग्रेगाउँका घरघरमा खानेपानीका धारा

Advertisement

सिन्धुली  । शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ थांग्रेका भेषबहादुर बयलकोटीको मुहारमा खुसी छायो । दुर्गम र विकट गाउँ मुर्की र थाँक्रेगाउँका घरघरमा खानेपानीका धारा झेपछि बयलकोटीको मुहारमा खुसी छाएको हो । उहाँले खानेपानी अभाव हुँदा भोग्नु परेको अतित लाई सम्झंदै आफ्नै घरमै धारा निर्माण संगै पानी झरेपछि खुसी लागेको बताउँने भएको हो ।

गाउँका २१ घर दलित तथा विपन्नकोको आँगनमा स्वच्छ खानेपानीको धारा निर्माण गरेर शुक्रबार उद्घाटन गरिएपछि बयलकोटी जस्तै थांग्रेका स्थानीयमा खुसी छाएको हो । उनिहरु भन्छन्, ‘हाम्रो गाउँमा बल्ल नयाँ युगको सुरुवात भएको छ ।’
तिनै बयलकोटीको अध्यक्षतामा गठन गरिएको थांग्रे उपभोक्ता समितिले ७ महिना लगाएर निर्माण गरिएको खानेपानी धारा थाँक्रेगाउँका बासिन्दाहरूका लागि एउटा ऐतिहासिक क्षण बनेको छ ।
शुक्रबार खानेपानी उद्घाटनका बेला बयलकोटीले भन्नुभयो, ‘यो हाम्रो लागि खुसीको क्षेण हो । यसले हामीलाई खानेपानीको सुविधा मात्र हैन हाम्रो वर्षौंदेखिको सपना साकार भएको छ ।’
यस अघि त्यस बस्तिमा खानेपानीको लागी तिन घण्टा टाढाको दुरीबाट बोकेर दैनिक जोहो गर्नु पर्ने बाध्यता थियो ।

‘खानेपानीको जोहो गर्दा प्रायः गरेर गाउँका छोरीहरु नियमित विद्यालयसम्म जान नपाउने अवस्था थियो, विगतलाई संझदै स्थानीय भन्छन्, ‘अब भने हाम्रा छोरीहरुले नियमित विद्यालय जान पाउने भए ।’
थांग्रे जस्तै सोही वडाको मुर्कीका १९ घरमा धारा निर्माण गरिएको छ । यि दुबै खानेपानी आयोजना ब्याक टु लाइफ इभी जर्मनीको सहयोग र सीएसडीएस सिन्धुलीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।
कुल ६३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुई वटा खानेपानी आयोजनाको उद्घाटन शुक्रबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले उद्घाटन गर्नुभएको हो ।
खानेपानीको उद्घाटन गर्दै अध्यक्ष बरालले स्थानीयको संगै गाउँपालिकाको पनि सपना पुरा भएको बताउँनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गाउँगाउँमा खानेपानी पु¥याउने जुन सपना देखेका थियौं, आज त्यो सपना यथार्थमा परिणत भएको छ । यस आयोजनाले समुदायको स्वास्थ्य, समयको बचत, शिक्षामा पहुँच र श्रमको उचित प्रयोगमा महत्वपूर्ण सुधार ल्याउनेछ । यो केवल एउटा योजना होइन, जीवनशैलीको रूपान्तरण हो ।’
मुर्की र थाँक्रे गाउँका बासिन्दाहरू वर्षौंदेखि खानेपानीका लागि लामो दूरी हिँड्न बाध्य थिए । विशेषगरी महिलाहरूले दिनको दुईदेखि तीन घण्टा पानीको जोहो गर्नमा खर्चिन्थे । अब घर आँगनमै धाराबाट निरन्तर स्वच्छ पानीको पहुँच पुगेको छ ।
गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले सफा पानी पाउनु नागरीकको अधिकार भएको बताउँनुभयो । ‘हामीले यो अधिकार सुरक्षित गर्न सफल भयौं । यस्ता परियोजनाहरूले हामीलाई समृद्ध गाउँको बाटोमा अगाडि बढाउँछन्,’ उहाँले भन्नुभयो ।

सिएसडिएस सिन्धुलीका प्रतिनिधि विष्णु पौडेलले उक्त खानेपानी आयोजनालाई पूर्वाधारको रूपमा मात्र नभई स्थानीय सशक्तीकरणको प्रतीक को रूपमा हेरेको बताउँनुभयो । ‘खानेपानी योजना चयनदेखि कार्यान्वयन र अपनत्व ग्रहण गर्ने कार्यमा समुदायले जुन प्रतिबद्धता देखाएको छ त्यसले दिगोपनाको उज्ज्वल सम्भावना बोकेको छ,’ पौडेलले भन्नुभयो ।
सोही वडाका वडा अध्यक्ष कृष्णप्रसाद पोखरेलले विकाट गाउँमा खानेपानीको स्रोत नै नहुँदा स्थानीयले पानीको लागि निक्कै कष्ठ भोग्नु परेको बताउँछन् । अब पानीको लागी पहिलाको जस्तो दुःख गर्न नपर्ने पोखरेलको भनाई छ ।
खानेपानी उद्घाटन समारोहमा ब्याक टू लाईफका कार्यकारी प्रमुख डेकेन्द्र लाल ढकाल, प्रोग्राम म्यानेजर अनुप पौडेल, स्थानीय जनप्रतिनिधिहरू, खानेपानी उपभोक्ता संस्थाका सदस्यहरू, शिक्षक, युवा, र समुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...