Skip to main content

Sindhul Dainik

गणतन्त्र दिवस : सुनकोसी गाउँपालिकामा बृक्षारोपण

Advertisement

सिन्धुली । १८ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीको सुनकोसी गाउँपालिकामा बृहत्त बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।
बिहिबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतका कर्मचारी र स्थानीयले बृक्षारोपण गरेका हुन् ।
गाउँपालिका परिसरका साथै, पालिकाका विभिन्न सामुदायिक विद्यालय प्राङ्गणमा बृक्षारोपण गरिएको गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न दर्जीले जानकारी दिनुभयो ।
गणतन्त्र दिवसको अवसरमा पालिकाले डिभिजन वन कार्यालय मरिणसंगको समन्वयमा ६ सय ५० बढी विभन्न जातका फलफुलको विरुवा बृक्षारोपण गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीका अनुसार अशोका, गुलमोहर, ज्याकाराण्डा लगायत फलफूलका विरुवाहरु रोपिएको छ ।
‘गणतन्त्रको स्थायीत्वको कामना गर्दै गाउँपालिका तथा विद्यालय क्षेत्रमा सुन्दर र हरियाली वातावरण निर्माणका लागि बृक्षारोपण गरिएको हो,’ उहाँले भन्नुभयो ।
गणतन्त्र दिवसकै अवसर पारेर गाउँपालिकाले सुनकोसीकै पशुपति आधारभुत विद्यालय, गणेश मावि मझुवा, प्रगतिशील मावि रातमाटा लगायतका विद्यालयमा समेत वृक्षारोपण गरिरहेको छ ।
पालिकाले यस अघिनै गाउँपालिकाको जनसंख्या बराबर बृक्षारोपण गर्ने अभियान संचालन गरिसकेको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ ।
‘यस अघि झण्डै ९ हजार विरुवा रोपि सकिएको छ । अब प्रत्येक विद्यालयका विद्यार्थीहरुलाई विरुवा रोप्न र संरक्षण गर्न प्रोत्सहना गरिने छ । जसका लागि एक जना विद्यार्थीबराबर एक हजार रुपैयाँ प्रोत्सहान स्वरुप रकम दिन थालिएको छ । जसले विद्यार्थीहरुमा विरुवा रोप्न र त्यसलाई हुर्काउन हौसला प्रदान गर्ने छ,’ अध्यक्ष दाहालले भन्नुभयो ।
यस्तो अभियान आगामी दिनमा समेत निरन्तर रहने बताइएको छ । नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको यियो । यसैसन्दर्भमा सिन्धुलीका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...