सिन्धुली । गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासले सरसफाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा आयोजित कार्यक्रममा उपशाखा द्धारा आयोजित रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गर्नुहुने २२ जनालाई सम्मान तथा शाखाका आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासका सभापति सन्तोष बोहोराको अध्यक्षता तथा नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त शाखामा आबद्ध भई सिन्धुली उद्योग बाणिज्य संघको हालै सम्म निर्वाचानमा विजयी हुनु भएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघको जिल्ला…
सिन्धुली । सिन्धुलीको मरीण गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापका लागि स्मार्ट प्रविधि हस्तान्तरण गरिएको छ । स्मार्ट प्रविधिको माध्ययमबाट पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न १८ वटा सामुदायिक विद्यालयहरुलाई (सूचना र सञ्चार प्रविधि (आइसिटी) स्मार्ट प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयमा सूचना र सञ्चार प्रविधि अन्तरगत ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, ई–हाजिरी प्रणाली, तथा स्मार्ट बोर्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । गाउँपालिकाले यस अघिनै केही नमुना विद्यालयमा आइसिटी प्याकेज हस्तान्तरण गरिसकेको छ । ‘शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी प्रविधिको प्रयोग प्रभावकारी देखिएपछि अन्य विद्यालयहरुमा समेत यस्तो प्रविधिको प्रयोग बढाउने गरी प्रविधि हस्तान्तरण…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । गाउपालिकाका १६ महिना देखि ५९ महिनासम्मका १ हजार १२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गणतन्त्र दिवसको अवसर पारेर बिहिबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो । यो संगै सिन्धुलीका चारवटा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । यस अघि जिल्लाको फिक्कल, गोलन्जोर र मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष खोप समन्वय समितिका संयोजक दिपा बोहोरा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा…
सिन्धुली । १८ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीको सुनकोसी गाउँपालिकामा बृहत्त बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतका कर्मचारी र स्थानीयले बृक्षारोपण गरेका हुन् । गाउँपालिका परिसरका साथै, पालिकाका विभिन्न सामुदायिक विद्यालय प्राङ्गणमा बृक्षारोपण गरिएको गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न दर्जीले जानकारी दिनुभयो । गणतन्त्र दिवसको अवसरमा पालिकाले डिभिजन वन कार्यालय मरिणसंगको समन्वयमा ६ सय ५० बढी विभन्न जातका फलफुलको विरुवा बृक्षारोपण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत दर्जीका अनुसार अशोका, गुलमोहर, ज्याकाराण्डा लगायत फलफूलका विरुवाहरु रोपिएको छ । ‘गणतन्त्रको स्थायीत्वको कामना…