Skip to main content

Sindhul Dainik

सुनकोशी गाँउपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Advertisement

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ ।
गाउपालिकाका १६ महिना देखि ५९ महिनासम्मका १ हजार १२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गणतन्त्र दिवसको अवसर पारेर बिहिबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो ।
यो संगै सिन्धुलीका चारवटा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । यस अघि जिल्लाको फिक्कल, गोलन्जोर र मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको थियो ।


सुनकोसी गाउँपालिकाका अध्यक्ष खोप समन्वय समितिका संयोजक दिपा बोहोरा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।
‘स्थानीय श्रोतको उपयोग, समित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुनकोसी गाउँपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाल लगायतले सामुहीक घोषणा गरेका हुन् ।


कार्यक्रममा गाउँपालिका र स्वास्थ्यकर्मीहरुले उत्साह र उमङ्गका साथ काम गरेकोले पालिकालाई पूर्ण खोप सुनिश्चित बनाउन सकिएको र यसलाई निरन्तरता दिन सक्नु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष दाहालको भनाई छ ।
‘खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले खोपबाट कुनैपनि बालबालिकाहरु वञ्चित नहुन भन्ने उद्देश्यले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरी सोही तथ्याङ्क र सूचकका आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो,’ उहाँले भन्नभयो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई घोषणा गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...