Sindhul Dainik

सुनकोशी गाँउपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Advertisement

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ ।
गाउपालिकाका १६ महिना देखि ५९ महिनासम्मका १ हजार १२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गणतन्त्र दिवसको अवसर पारेर बिहिबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो ।
यो संगै सिन्धुलीका चारवटा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । यस अघि जिल्लाको फिक्कल, गोलन्जोर र मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको थियो ।


सुनकोसी गाउँपालिकाका अध्यक्ष खोप समन्वय समितिका संयोजक दिपा बोहोरा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।
‘स्थानीय श्रोतको उपयोग, समित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुनकोसी गाउँपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाल लगायतले सामुहीक घोषणा गरेका हुन् ।


कार्यक्रममा गाउँपालिका र स्वास्थ्यकर्मीहरुले उत्साह र उमङ्गका साथ काम गरेकोले पालिकालाई पूर्ण खोप सुनिश्चित बनाउन सकिएको र यसलाई निरन्तरता दिन सक्नु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष दाहालको भनाई छ ।
‘खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले खोपबाट कुनैपनि बालबालिकाहरु वञ्चित नहुन भन्ने उद्देश्यले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरी सोही तथ्याङ्क र सूचकका आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो,’ उहाँले भन्नभयो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई घोषणा गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...