सिन्धुली । गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासले सरसफाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा आयोजित कार्यक्रममा उपशाखा द्धारा आयोजित रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गर्नुहुने २२ जनालाई सम्मान तथा शाखाका आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासका सभापति सन्तोष बोहोराको अध्यक्षता तथा नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त शाखामा आबद्ध भई सिन्धुली उद्योग बाणिज्य संघको हालै सम्म निर्वाचानमा विजयी हुनु भएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघको जिल्ला कार्य समितिका लागि उपाध्यक्षमा निर्वाचित नविन श्रेष्ठ र रामकुमार राजभण्डारी, महासचिव बासु भेटवाल र कार्यसमिति सदस्य हिमेस श्रेष्ठ र अजय श्रेष्ठलाई सम्मान गरिएको हो ।
यस्तै कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखाका पूर्व मन्त्री जनक ढकाल, पूर्व उपमन्त्री तथा आजिवन सदस्य सरोज ढकाल, जिल्ला शाखा सिन्धुलीको पूर्व कोषाध्यक्ष एवम् आजिवन सदस्य सम्भुकुमार वस्नेत, सिद्धबाबा उपशाखाको संस्थागत तथा हालसम्म समाजसेवामा क्रियाशील व्यक्तित्व टंकमान श्रेष्ठ, माढीबजार उपशाखाका सभापति नरेन्द्र विश्वकर्मा, वुद्वनगर उपशाखाको सचिव सरिता राई, वडा सदस्य गौरीमाया विशुङ्खे, धनकुमारी श्रेष्ठ, पत्रकार, रेडक्रस कर्मी, स्थानीय वुदिजीवीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासका सचिव गोपाल देबकोटाले गर्नुभएको थियो भने कार्यक्रममा सहसचिव उद्धप थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस अघि गणतन्त्र दिवसको अवसर पारे रबिहिबार बिहान नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासले ढुङ्ग्रेवास बजारको सरसफाई गरेको थियो ।






