Sindhul Dainik

सिन्धुलीमा लागु औषध गांजा सहित चालक पक्राउ

Advertisement

सिन्धुली । सिन्धुलीमा लागु औषध गांजा सहित बोलेरो चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका ४ रौतहट बस्ने वर्र्ष १९ को गोपाल साह रहेका छन् । उनलाई सिन्धुलीको हरिहरपुरगढी स्थित झनझने प्रहरी चेकपोष्टका प्रहरी नायव निरिक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
शुक्रबार बिहान चार बजेको समयमा प्र.२–०३–००१ च. ५६७१ नं. को पिकअप गाडीमा १ सय ७ किलो गाँजा सहित शाहलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता सुर्य प्रकास सुवेधीले जानकारी दिए ।
मदन भण्डारी राजमार्गमा अन्तरगत हरिहरपुरगढी गाउँपालिका २ स्थित झनझनेमा प्रहरीले चेकजाँच गर्नेक्रममा सिमेन्टको बोरोमा प्याक गरेको ७ पोको गाँजा प्रहरीले बरामद गरेको थियो ।
उक्त गाँजाको तौल १ सय ७ किलो ११ ग्राम रहेको बताइएको छ । बरामद भएको गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...