Sindhul Dainik

कमलामाई नगरका युवालाई निशुल्क मोटरसाइकल मर्मत तालिम

Advertisement

सिन्धुली  । वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमै बेरोजगार रहेका युवाहरुलाई स्वदेशमै रोजगार बनाउँने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले मोटरसाइकल मर्मत तालिम दिन थालेको छ ।
उनिहरुलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले नगरका १४ जना युवाहरुलाई निशुल्क मोटरसाइकल मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको बताइएको छ ।
उक्त मोटरसाइकल मर्मत तालिम शुक्रबारबाट सुरु गरिएको हो । तालिममा नगरका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी १४ जना सहभागि रहेको कमलामाई नगरपालिकाका कार्यवाहक मेयर पूर्णबहादुर खड्काले जानकारी दिए ।
कार्यबहाक मेयर खड्काको प्रमुख आतिथ्यतामा तामिलको एक कार्यक्रमका विच शुक्रवार उद्घाटन समेत गरिएको छ ।
तामिलको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका ५ का वडा अध्यक्ष एवम् कार्यवाहक मेयर खड्काले सीप सिकेर व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । सीप सिक्ने बित्तिकै रोजगार बन्न सक्ने र अहिले मोटरसाइकल नहुने घर नै नभएकाले स्वरोजगार बन्ने गतिलो माध्यमलाई सदुपयोग गर्न उनले आग्रहसमेत गरे ।
युवाहरूलाई सीप सिकाई दक्ष बनाउने र रोजगारी सिर्जना गर्ने गरी निःशुल्क तालिम सञ्चालन गरिएको कमलामाई नगरका रोजगार संयोजक श्याम कुमार घलानले जानकारी दिए ।
‘स्वदेशरमै रोजगारको अवसर नपाएको भन्दै युवाहरूको विदेसिने क्रम बढीरहेको बेला स्वदेशमा नै स्वरोजगार बनाउने गरी एक महिनाको मोटरसाइकल मर्मत (मेकानिकल) तालिम सञ्चालन गरिएको हो,’ संयोजक घलानले भने । सहभागिहरुलाई तालिमको सहजीकरण गेहेन्द्र श्रेष्ठले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...